Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

दुर्गा प्रसाईँ समर्थकको आगजनीमा परेका भारतीय युवकको मृत्यु

  •   २ वर्ष अघि | २१ असोज २०८१, सोमवार

काठमाडौँ – झापामा दुई साताअघि दुर्गा प्रसाईँका समर्थकहरूले गरेको आगजनीमा घाइते भएका भारतीय ट्रक चालकको मृत्यु भएको छ। मृतक ४० वर्षीय पदा राय पश्चिम बंगालको उत्तर दिनाजपुर, छप्राका बासिन्दा हुन्। उनका ट्रक डब्लुबी ७३ ई ३०५६ नम्बरको थियो, जसलाई असोज ७ गते बिर्तामोड–६ गिरीबन्धु टी–इस्टेटनजिक आगजनी गरिएको थियो।

दुर्गा प्रसाईँ पक्राउको विरोधमा उनका समर्थकहरूले झापा बन्द आह्वान गर्दै गरेको प्रदर्शनका क्रममा पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगजनी हुँदा राय गम्भीर घाइते भएका थिए। उनलाई सुरुमा बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचार गरिएको थियो, तर थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेजमा लगिएको थियो, जहाँ उनको मृत्यु भएको हो।

रायको मृत्युपछि उनका आफन्तहरूले आइतबार साँझ काँकडभिट्टा नाका नजिक भारतको पानीटंकी क्षेत्रमा शव राखेर प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनले एसियन हाइवेको काँकडभिट्टा नाकामा आधा घण्टा अवरोध भएको झापा प्रहरीले जनाएको छ।

नेपाल र भारतीय प्रहरीको समन्वयमा रायको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। आगजनीमा संलग्न दुर्गा प्रसाईँका आठ जना समर्थकलाई प्रहरीले तत्कालै पक्राउ गरी उनीहरूमाथि आपराधिक उपद्रो र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको जनाएको छ।


  • Jigyasa media

थप