Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

दोरम्बा पहिरो: मृतकको शव परीक्षण सम्पन्न, हराइरहेका चारजनाको खोजी जारी

  •   २ वर्ष अघि | ९ भदौ २०८१, आइतवार

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति गएको पहिरोमा परी मृत्यु भएका छ जनाको शव घटनास्थलमै परीक्षण गरी परिवारलाई बुझाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने मृतकको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको हो।

हराइरहेका अन्य चारजनाको खोजी कार्य जारी रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए। पहिरोको फैलावट एक किलोमिटर लामो रहेको हुँदा खोजतलासमा समस्या भइरहेको छ। पहिरोमा परी शैलुङ–३ की ३० वर्षीया चण्डिका श्रेष्ठ, उनका १८ महिने छोरा आयुष, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, र १४ वर्षीय विज्ञान पहरीको ज्यान गएको पुष्टि भएको छ।

गएराति परेको अविरल वर्षाका कारण सो वडाको लेखर्कमा पहिरो खस्दा तीनवटा घर बगाएको र एउटा घर पुरिएको प्रहरीले जनाएको छ। पहिरोले वडा नं २ र ३ को सिमानामा रहेको अँधेरी खोलाको पक्की पुलसमेत बगाएको छ। खोजी तथा उद्धार कार्य निरन्तर भइरहेको छ।

  • Jigyasa media

थप