Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

दोलखामा बस दुर्घटना: एक जनाको मृत्यु, आठ घाइते

  •   २ वर्ष अघि | २४ असोज २०८१, बिहिबार

दोलखा - काठमाडौंबाट रामेछापको गुप्तेश्वर मन्दिरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८४३ नम्बरको यात्रुबाहक बस बिहीबार दोलखाको भीमेश्वर नगरपालिका–८ बोचको चरङ्गेमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा २३ वर्षीय लोक बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको दोलखा प्रहरी प्रमुख डिएसपी युवराज खड्काले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका २५ वर्षीय धनबहादुर खड्कालाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। बसमा ४३ जना यात्रु सवार रहेका थिए, जसमध्ये ८ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बसको ओभर स्पीडका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ। घाइते यात्रुको उपचार च्यारोल्पा अस्पताल, चरिकोटमा भइरहेको छ।


  • Jigyasa media

थप