Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

नवनिर्मित धरहराको लिफ्ट दुई महिनामै बन्द, सशुल्क बनाउने तयारी

  •   २ वर्ष अघि | २ मंसिर २०८१, आइतवार

काठमाडौं । नवनिर्मित धरहराको लिफ्ट सञ्चालनमा आएको दुई महिना नबित्दै बिग्रिएपछि बन्द गरिएको छ। शहरी विकास तथा भवन निर्माण विभागका अनुसार अत्यधिक भीडका कारण लिफ्टले काम गर्न नसकेको हो।

विभागका उपमहानिर्देशक प्रकृर्ण तुलाधरले केही दिनदेखि धरहरा बन्द गरिएको जानकारी दिए। उनका अनुसार लिफ्ट मर्मतपश्चात अब सशुल्क मात्र चलाउने तयारी गरिएको छ। तुलाधरले भने, "लिफ्ट बिग्रिएपछि बन्द गरिएको हो। अब सशुल्क चलाउन सफ्टवेयर निर्माण भइरहेको छ। सम्भवतः शुल्क निर्धारणपछि मात्रै पुनः सञ्चालन हुनेछ।"

धरहराको पुनर्निर्माण २०७२ वैशाख १२ मा गएको भूकम्पले ढलेपछि सुरु गरिएको थियो। तर सरकारी आलटालका कारण पुनर्निर्माण कार्य ढिलो भयो। २०७५ पुस १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मै बनाउँछु मेरो धरहरा’ भन्दै पुनर्निर्माणको शिलान्यास गरे।

तर निर्माण कार्य नसक्दै ओलीले २०७८ वैशाख ११ मा उद्घाटन गरेपछि उनको चर्को आलोचना भएको थियो। अन्ततः असोज ३ गतेबाट पुनर्निर्माण सम्पन्न भएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको थियो।

तर, अत्यधिक भीड व्यवस्थापन गर्न नसक्दा लिफ्टले काम गर्न छोडेको बताइएको छ। अबको संचालन प्रणाली सशुल्क बनाउने योजनासहित शुल्कको निर्धारण गरिँदैछ। यसले सर्वसाधारणका लागि धरहरा चढ्ने अनुभवलाई झनै महँगो बनाउने सम्भावना देखिएको छ।

भूकम्पले ढलेको ऐतिहासिक धरहराको पुनर्निर्माणमा यस्तो समस्या देखिनुले निर्माण प्रक्रियामाथि पनि प्रश्न उठेको छ। सर्वसाधारणले धरहराको संरचना र व्यवस्थापन दुवैमा सुधार गर्नुपर्ने माग गर्दै आएका छन्।


  • Jigyasa media

थप