Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

देशभर डेंगु सङ्क्रमण तीव्र, १९ हजारभन्दा बढी सङ्क्रमित

  •   २ वर्ष अघि | ३० असोज २०८१, बुधबार

काठमाडौं — देशभर डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिएको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको (ईडिसिडी) पछिल्लो तथ्यांकअनुसार, हालसम्म १९ हजार पाँच ९९ जनामा डेंगु पुष्टि भएको छ भने नौ जनाको मृत्यु भइसकेको छ।

डेंगु सङ्क्रमण ७६ जिल्लामा फैलिएको छ, जसमा सबैभन्दा बढी काठमाडौँ प्रभावित बनेको छ, जहाँ तीन हजार एक सय तीन जनामा सङ्क्रमण देखिएको छ। कास्की, तनहुँ, पर्वत, चितवन, ललितपुरलगायतका जिल्लाहरूमा पनि उल्लेख्य सङ्क्रमण दर छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार, पोस्ट-मनसुन अवधिमा डेंगुको जोखिम बढ्ने र हाल समुदायमा व्यापक सङ्क्रमण देखिएको छ।

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने भएकाले विशेषज्ञहरूले शरीर ढाक्ने कपडा लगाउन, खाल्डाखुल्डी पुर्न, र झुलको प्रयोग गर्न सुझाव दिएका छन्। जटिल लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न डा. पुनले सल्लाह दिएका छन्।

विगतमा पनि डेंगुबाट हजारौं सङ्क्रमित र कैयौँको मृत्यु भइसकेको तथ्यांकलेदेखाउँछ।


  • Jigyasa media

थप