स्याङ्जा । हरिनास गाउँपालिका-२ मा रहेको एक सःमिलमा कार्यरत ३० वर्षीय भारतीय नागरिक मनोजकुमार महतो चोरीको आरोपमा पक्राउ परेका छन्। भदौ १४ गते पुछौदीस्थित होमिक्स सःमिल फर्निचर उद्योगमा काम गर्ने महतोले उद्योगमा रहेको जेनरेटर, कम्प्रेसर मेसिन, खराद मेसिन, रन्दा कटर, साईजर मेसिन, डाइनामो, र नट बोल्ट खोल्ने रिन्चिहरू चोरी गरेको आरोपमा उनलाई प्रहरीले खोजी गरी पक्राउ गरेको हो।
प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार, वीरगञ्ज महानगरपालिका-१६ स्थित बसपार्कमा सामानसहित महतो पक्राउ परेका थिए। उनलाई पक्राउ गरी चोरी तथा डाका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। महतो भारतको बिहार राज्यको बेतियाग्रामका बासिन्दा हुन्।
प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी महतोविरुद्ध अनुसन्धान जारी राखेको जनाएको छ।
- Jigyasa media