Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

भूपिन खड्काको तीन दशक लामो लेखनयात्रामा : "मध्यको उज्यालो" सार्वजनिक

  •   ९ महिना अघि | १५ कार्तिक २०८२, शनिबार

चितवन । नेपाली साहित्यको फाँटमा तीन दशकदेखि आफ्नो कलमको गहिरो रेखा कोर्दै आएका लेखक भूपिन खड्का पुनः निबन्ध यात्रामा फर्किएका छन्। शब्दसँगको तीन दशकको गहिरो संगतपछि उनले नयाँ निबन्धसङ्ग्रह ‘मध्यको उज्यालो’ लिएर शनिबार पाठकमाझ आएका छन् । अक्षर समूह चितवनको आयोजनामा आज (शनिबार) गैँडाकोटमा भएको विमोचनमाझ उनको निबन्ध संग्रह ‘मध्यको उज्यालो’ लोकार्पण भएको छ।

साहित्यमा शक्तिशाली कविताहरुबाट उदाएका कवि भूपिन आजका दिनमा कवि, निबन्धकार र आख्यानकारका रूपमा स्थापित भइसकेका छन्। उनले सन् १९९६ तिर (२०५३ सालमा) प्रकाशित पहिलो कवितासङ्ग्रह ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’ मार्फत नेपाली कविताको आकाशमा प्रवेश गरेका थिए। त्यसयता उनले ‘हजार वर्षको निद्रा’, ‘सुप्लाको हवाईजहाज’ र ‘भूपिनका कविताहरू’ गरी चार वटा चर्चित कवितासङ्ग्रहहरू प्रकाशन गरिसकेका छन्।

२०६९ सालमा निबन्धकृति ‘चौबीस रिल’ ल्याउँदै उनले निबन्ध लेखनमा पाइला टेकेका थिए। यस कृतिले उनलाई उत्तम शान्ति पुरस्कार–२०६९ दिलायो र त्यसपछि उनले ‘भूपिन व्याकुल’ बाट ‘भूपिन खड्का’मा रूपान्तरण गर्दै आफ्नो साहित्यिक परिचयलाई नयाँ उचाइमा पुर्‍याए।

२०७५ सालमा उनले प्रकाशित उपन्यास ‘मैदारो’ ले उनलाई आख्यानमा पनि मजबुत बनायो। उक्त कृतिले अन्तर्राष्ट्रिय साहित्य समाजको सर्वोत्कृष्ट कृति पुरस्कार समेत जित्यो। अब, लामो १५ वर्षको अन्तरालपछि, उनले आफ्नो दोस्रो निबन्धसङ्ग्रह ‘मध्यको उज्यालो’ मार्फत जीवन, समाज र समयका अनेक तह–तलछटलाई निबन्धको स्वरमा प्रस्तुत गर्न लागेका छन्।

‘मध्यको उज्यालो’ मा भूपिनले जीवनका अनुभूति, पर्यावरणीय संकट, जलवायु परिवर्तन, विज्ञान र धर्मका अन्तर्द्वन्द्व, र शहर–मानव सम्बन्ध का विविध पक्ष समेटेका छन्। उनका अनुसार, “विश्वविद्यालय मेरो लागि एउटा लघु समाज हो। विद्यार्थीहरूसँगको संवाद, विचार र अनुभव नै मेरो लेखनको मूल स्रोत हो।”

साहित्यलाई कलाको माध्यमबाट समाजसँग जोड्ने उनको दृष्टि स्पष्ट छ। उनले आफ्ना निबन्धमा कविताको रस, आख्यानको घनत्व र दर्शनको गहिराइ मिसाएर ‘मध्यको उज्यालो’ लाई बौद्धिक मात्र होइन, भावनात्मक सन्देशको प्रतीक बनाउन खोजेका छन्।


 कविबाट शिक्षक, शिक्षकबाट लेखक

खड्का पेशाले प्राध्यापक हुन्। खेलविज्ञानमा स्नातकोत्तर गरे पनि उनका कलमको शक्ति साहित्यमा केन्द्रित छ। उनको भनाइमा, “शिक्षक हुनु नै मेरो सौभाग्य हो। विद्यार्थीहरूकै कथा, उनको संघर्ष र सोचहरू नै मेरो लेखनको स्रोत हुन्।”

पोखरामा बसोबासका दिनदेखि नै उनी संरक्षण कविता आन्दोलन सँग जोडिएका थिए। वातावरण र प्रकृतिप्रति उनी अत्यन्त संवेदनशील छन्। उनी अध्यक्ष हुँदा ‘पर्खालमा कला’ अभियानमार्फत सरकारी कार्यालयका पर्खालमा चित्र र शब्दको रंग भर्ने कामसमेत गरिएको थियो— समाज र कलाको संयोजनको सुन्दर उदाहरण।

भूपिनका अनुसार ‘मध्यको उज्यालो’ केवल निबन्धहरूको सङ्ग्रह होइन, यो मानव चेतनाको यात्रा हो। उनले भनिरहेका छन्, “निबन्ध छोटो हुनुपर्छ भन्ने मान्यता तोड्न खोजेको छु। कहिलेकाहीँ गहिरो विचारलाई विस्तारित ठाउँ चाहिन्छ।”

यस कृतिमा उनले जीवनका अनुभव, संवेदना र सत्यका चमकलाई उज्यालोको माध्यमबाट देखाउन खोजेका छन्। सायद त्यसैले उनले पुस्तकको विमोचन पनि अपराह्न ४ बजे, अर्थात् शनिबार दिन र रातको “मध्यको उज्यालो” समयमा राखेका थिए — जुन प्रतीकात्मक रूपमा ज्ञान र चेतनाको पुनर्जागरण हो।

उक्त विमोचन समारोहमा डा. रोशन शेरचन, डा. एकनारायण पौड्याल, डा. निमेष निखिल र सामना पहाड जस्ता ख्यातिप्राप्त सर्जकहरूले लेखक भूपिन र कृतिमाथि चर्चा गर्नुभएको थियो । वहाँहरुको भनाइमा साहित्यिक परिवेशमा यस कृतिलाई विचार, बोध र अनुभूतिको नयाँ स्वरका रूपमा हेरिने अपेक्षा गरिएको छ।

उनका यसअघिका कृति अध्यायन गरेका अध्यताहरु भन्छन् 
भूपिन खड्का उनी सिर्फ कवि वा निबन्धकार मात्र होइनन्  उनी विचारका यात्रु हुन्, जसले शब्दमार्फत समाजको आत्मा स्पर्श गर्छन्। ‘मध्यको उज्यालो’ उनको लेखनयात्राको तीन दशक लामो साधनाको परिपक्व प्रतिफल हो जहाँ अन्धकारभित्रको उज्यालो मात्र होइन, उज्यालोभित्रको अन्धकार पनि देखिन्छ।

  • Jigyasanepal

थप