Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

हरिप्रसाद चौलागाईँको ‘देश बाँचे म बाँच्दछु’ लोकार्पित

  •   ४ महिना अघि | २८ असार २०८३, आइतवार

 काठमाडौँ । कवि हरिप्रसाद चौलागाईँको कवितासङ्ग्रह ‘देश बाँचे म बाँच्दछु’को लोकार्पण सम्पन्न भएको छ ।

राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा प्रा.डा.रामप्रसाद ज्ञवाली,प्रा.डा.लक्ष्मणप्रसाद गौतम,श्रीओमश्रेष्ठ रोदन,ठाकुर शर्मा भण्डारी,कवि चौलागाईँ,रामसुन्दर देउजा लगायतले लोकार्पण गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा.ज्ञवालीले भने, ‘कविताको मूख्य कुरा भनेकै भावना हो । विचार,संकल्प र साधनाले यसमा महत्व राख्दछ । उनले अगाडि भने,कविताको पहिलो शर्त लयको माधूर्य,दोस्रो शब्दको सौन्दर्य,भाव सौन्दर्य संप्रेषणीयता हुनुपर्छ तब कविता सुन्दर हुन्छ ।’ प्रा.डा. ज्ञवालीले भने, ‘कविसँग तेस्रो आँखा हुन्छ । ‘ उनले चौलागाईँलाई निरन्तर साधनामा लाग्न शुभकामना दिए ।

प्रा.डा.गौतमले जस्तो व्यक्तित्व त्यस्तै सिर्जना भन्दै आफु कविताकर्ममाथि कर्म गर्ने मान्छे भएको बताए । ‘सर्सती कृति हेर्दा चौलागाईँका कवितामा नेपाली कविताक्षेत्रमा कम प्रचलित छन्दहरु पनि प्रयोग गरिएको पाएँ । उनले भने,कविताहरु सरलतामा पनि गहिरो भाव दिने रहेछन् ।’उनले  भने।

कृति चर्चा गर्दै समालोचक भण्डारीले भने, ‘कविता सिर्जना गर्दा सबै विषयहरुमा ध्यान गएको देखिन्छ । संवेदनशील भएर भावनालार्य ह्रदयस्पर्शी हुनेगरी कविताहरु लेखिएका छन् । उनले भने,समाजको संगत विसङ्गत कविताहरुले देखाएका छन् । सकारात्मक सोचले भरिएका छन् कविताहरु । पदयोग र वियोगमा केही ध्यान नपुगेको देखिएजस्तो लागेपनि छन्दमा भने दोष कम छ ।’

अर्का वक्ता रोदनले भने, ‘लेखनीलाई उमेरले छेक्दैन् भन्ने कुरा कविको कृति प्रकाशनले प्रष्ट पारेको छ । सरल,शालीन भावका कविका कविता उनीजस्तै छन् ।’

कवि चौलागाईँले सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा डा.सिता सुवेदी,रुपा रिसाल र दीपक चौलागाईँले कृतिभित्रका कविताहरु बाचन गरे ।

गायक रामहरि न्यौपानेले गीत गाएको उक्त कार्यक्रम रामसुन्दर देउजाको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रदीप सापकोटाको सञ्चालन र पूर्णबहादुर श्रेष्ठ ह्रदयङ्कृतको स्वागतमा उक्त कार्यक्रम भएको थियो ।सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको मिडिया पार्टनर इखवर नेट रहेको थियो।


  • Jigyasanepal

थप