Breaking News
आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||    

छठ पर्वको भक्तिपूर्ण आरम्भ : खरना विधिबाट सुरु भयो कठोर निर्जला व्रत

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

वीरगन्ज, कात्तिक २१ - भक्तिभाव र निष्ठाले भरिएको छठ पर्वको निर्जला व्रत बुधबार साँझ, खरना विधिबाट आरम्भ भएको छ। सत्य र अहिंसाप्रति मानवको झुकाव बढाउने, र समस्त जीवप्रति करुणा र सहानुभूतिको भाव जगाउने यस पर्वलाई लोक आस्थाको एउटा गहन प्रतीक मानिन्छ। मंगलबारदेखि विधिवत रुपमा सुरु भएको यस पर्वले यस क्षेत्रलाई पुनः धार्मिक र सांस्कृतिक रंगले सजाएको छ।

छठ पर्वको पहिलो दिन अर्थात् मंगलबार नहायखाय विधिबाट शुभारम्भ गरिएको थियो। कात्तिक शुक्ल चतुर्थीका दिन ब्रतालुहरूले पवित्र स्नान गरेर शुद्ध शाकाहारी भोजन ग्रहण गर्दै छठ माताको आह्वान गरेका थिए। यस दिन प्याज र लसुनसमेत प्रयोग नगरी निष्ठापूर्वक अर्पण गरिएको भोजनले ब्रतालुहरूलाई आध्यात्मिक शुद्धता प्रदान गर्ने विश्वास गरिन्छ।

बुधबार साँझ कात्तिक शुक्ल पञ्चमीमा खरना विधि सम्पन्न भयो। यो विधिमा ब्रतालु महिला र पुरुषहरू दिनभर उपवास बसेपछि साँझ सख्खर, दूध र चामल मिसाइएको खिर 'रसियाव', रोटी, फलफूल, मिठाइ तथा अन्य प्रसादहरू सजाएर छठी माताको आगमनका लागि आमन्त्रित गरिन्छ। यस क्रममा कूल देवताको पूजा गर्दै, परिवारका सबै सदस्यले त्यो प्रसाद ग्रहण गरेका थिए।

छठ पर्वको प्रमुख दिन अर्थात् षष्ठी तिथिमा साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर सूर्य उपासना गरिन्छ भने सप्तमी तिथिमा बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पर्वको समापन गरिन्छ। यस पर्वलाई निष्ठा र कठोरताको प्रतीक मानिन्छ, जहाँ ब्रतालुहरूले खरना सम्पन्न गरेपछि निर्जला र निराहार व्रत बस्छन्।

सामाजिक र सांस्कृतिक रूपमा विशेष महत्व राख्ने यस पर्वमा परिवार र समाजको संलग्नताले एकताको सन्देश फैलाउँछ। वीरगन्जको घडिअर्वा पोखरीलगायत धार्मिक स्थलहरूमा श्रद्धालुहरूको भीडले पर्वको भव्यता थप बलियो बनाएको छ।


  • Jigyasa media

थप