Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

छठ पर्वको भक्तिपूर्ण आरम्भ : खरना विधिबाट सुरु भयो कठोर निर्जला व्रत

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

वीरगन्ज, कात्तिक २१ - भक्तिभाव र निष्ठाले भरिएको छठ पर्वको निर्जला व्रत बुधबार साँझ, खरना विधिबाट आरम्भ भएको छ। सत्य र अहिंसाप्रति मानवको झुकाव बढाउने, र समस्त जीवप्रति करुणा र सहानुभूतिको भाव जगाउने यस पर्वलाई लोक आस्थाको एउटा गहन प्रतीक मानिन्छ। मंगलबारदेखि विधिवत रुपमा सुरु भएको यस पर्वले यस क्षेत्रलाई पुनः धार्मिक र सांस्कृतिक रंगले सजाएको छ।

छठ पर्वको पहिलो दिन अर्थात् मंगलबार नहायखाय विधिबाट शुभारम्भ गरिएको थियो। कात्तिक शुक्ल चतुर्थीका दिन ब्रतालुहरूले पवित्र स्नान गरेर शुद्ध शाकाहारी भोजन ग्रहण गर्दै छठ माताको आह्वान गरेका थिए। यस दिन प्याज र लसुनसमेत प्रयोग नगरी निष्ठापूर्वक अर्पण गरिएको भोजनले ब्रतालुहरूलाई आध्यात्मिक शुद्धता प्रदान गर्ने विश्वास गरिन्छ।

बुधबार साँझ कात्तिक शुक्ल पञ्चमीमा खरना विधि सम्पन्न भयो। यो विधिमा ब्रतालु महिला र पुरुषहरू दिनभर उपवास बसेपछि साँझ सख्खर, दूध र चामल मिसाइएको खिर 'रसियाव', रोटी, फलफूल, मिठाइ तथा अन्य प्रसादहरू सजाएर छठी माताको आगमनका लागि आमन्त्रित गरिन्छ। यस क्रममा कूल देवताको पूजा गर्दै, परिवारका सबै सदस्यले त्यो प्रसाद ग्रहण गरेका थिए।

छठ पर्वको प्रमुख दिन अर्थात् षष्ठी तिथिमा साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर सूर्य उपासना गरिन्छ भने सप्तमी तिथिमा बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पर्वको समापन गरिन्छ। यस पर्वलाई निष्ठा र कठोरताको प्रतीक मानिन्छ, जहाँ ब्रतालुहरूले खरना सम्पन्न गरेपछि निर्जला र निराहार व्रत बस्छन्।

सामाजिक र सांस्कृतिक रूपमा विशेष महत्व राख्ने यस पर्वमा परिवार र समाजको संलग्नताले एकताको सन्देश फैलाउँछ। वीरगन्जको घडिअर्वा पोखरीलगायत धार्मिक स्थलहरूमा श्रद्धालुहरूको भीडले पर्वको भव्यता थप बलियो बनाएको छ।


  • Jigyasa media

थप