Breaking News
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||     आज श्रीकृष्ण जन्माष्टमी : श्रद्धा, भक्ति र उत्सवमा रम्दै देशभर    ||    

आज श्रीकृष्ण जन्माष्टमी : श्रद्धा, भक्ति र उत्सवमा रम्दै देशभर

  •   १ हप्ता अघि | १९ भदौ २०८३, शुक्रबार

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीहरूले विभिन्न कृष्णमन्दिरमा पूजाआराधना, व्रत, भजन–कीर्तन तथा जाग्राम बसेर पर्व मनाउँदैछन्।

धार्मिक मान्यताअनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको थियो। अन्याय, अत्याचार र अधर्मको अन्त्य तथा सत्य र धर्मको स्थापनाका लागि भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रवर्तकका रूपमा समेत श्रीकृष्णलाई सम्झिने गरिन्छ। महाभारतको युद्धका क्रममा अर्जुनलाई श्रीकृष्णले दिएको उपदेश ‘श्रीमद्भगवद्गीता’ आज पनि दर्शन, कर्म र जीवनबारे मार्गदर्शन गर्ने महत्वपूर्ण ग्रन्थका रूपमा लिइन्छ।

जन्माष्टमीको अवसरमा बिहानैदेखि देशभरका कृष्णमन्दिरमा भक्तजनको चहलपहल बढेको छ। विशेषगरी ललितपुरको मंगलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा दर्शन तथा पूजाआराधनाका लागि ठूलो संख्यामा भक्तजन पुग्ने गर्छन्। काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा रहेको नवतनधाममा पनि विशेष धार्मिक कार्यक्रम आयोजना हुने गरेका छन्।

यस अवसरमा राजधानीका विभिन्न स्थानबाट भगवान् श्रीकृष्णका झाँकी, शोभायात्रा तथा रथयात्रासमेत निकाल्ने परम्परा छ। मन्दिर तथा धार्मिक स्थलहरूमा भजन–कीर्तन, प्रवचन र सांस्कृतिक कार्यक्रमले वातावरण भक्तिमय बन्ने गर्छ।

श्रीकृष्ण जन्माष्टमी केवल धार्मिक पर्व मात्र नभई सत्यको पक्षमा उभिन, कर्तव्य पूरा गर्न र अधर्मविरुद्ध आवाज उठाउन प्रेरणा दिने दिनका रूपमा समेत स्मरण गरिन्छ।

पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

  • Jigyasanepal

थप