काठमाडौ । १२३ वर्ष अघि देखि निरन्तर पुजिँदै आएको कन्या पूजा यस वर्ष पनि पुजिएको छ। शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा काभ्रेको बनेपा, नाला, साँगा, धुलिखेल, अठ्ठाइसकीलो र दाप्चाका विभिन्न क्षेत्रमा पारम्परिक कन्या पूजाको आयोजन गरिएको थियो। यस वर्ष करिब ८ हजार कन्याहरू पूजामा सहभागी भएका थिए, जो भावनात्मक र सांस्कृतिक दृष्टिले निकै महत्त्वपूर्ण क्षण बनेको सहभागीहरुले बताए छन्। गत वर्ष तुलनामा संख्या घटेको भए पनि—अन्न र आशिष प्राप्तिका लागि पवित्र कुमारीहरूलाई पूज्ने परम्पराले अझै पनि जिल्लाको धार्मिक र सामाजिक पहिचान मजबुत बनाइरहेको छ।
परम्परागत र धार्मिक महत्व
वि.सं. १९५९ साल भाद्र कृष्ण सप्तमीतिर शुरू गरिएको यो पर्व नेपालकै अनौठो परम्परा हो। रजस्वला नभएका बालिकाहरूलाई ‘कन्या’–देवमा झल्काउने गरी पूजा गरिन्छ। देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या र किचककन्या जस्ता अवतारी रूपका रूपमा आराध्यदेवी चण्डेश्वरी माईको कुमारी मानी पूजा गरिन्छ। धार्मिक आस्थाको अनुसार यस पूजाले कन्याहरूको स्वास्थ्य रक्षा, सुख–समृद्धि र पूजकको जीवनमा समृद्धि ल्याउने विश्वास रहेको छ।
सुरकृष्ण वैद्य, सनातन कन्यापूजा प्रबन्ध समितिका सचिव, समेत रहेका वैद्यले बताएअनुसार यस वर्ष पूजामा सहभागी कन्याहरूले पेडा, स्वारी, जेरी, मालपुवा, सेल, फलफूल, पैसा, बिस्कुट दान दक्षिणा लगायत सामग्री प्राप्त गरेका थिए।

सरकारको समर्थन र स्थानीय प्रतिबद्धता
यस वर्षको कन्या पूजा कार्यक्रम बनेपा पुरानो बजार स्थित समारोहमा उपस्थित बागमती प्रदेश सभाका सभामुख भुबनकुमार पाठक समेत सहभागी थिए । तथा बागमती प्रदेश सरकारका नवनियुक्त सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादे ले परम्परालाई सरकारले पनि संरक्षण गर्ने प्रतिबद्धता जनाएका थिए। उनले सामाजिक एकता र सांस्कृतिक पहिचानको संरक्षणमा यसजस्ता परम्परागत कार्यक्रमहरूको आवश्यकता औँल्याए।
त्यसैगरी, संघीय सांसद गगन थापा ले पनि सरकारी तहबाट सहयोग गर्न तयार रहेको घोषणा गरे। बनेपा नगर प्रमुख शान्ति रत्न शाक्य ले भने, “यो परम्परा बनेपाको ऐतिहासिक धार्मिक मान्यतामा आधारित छ, जसको संरक्षणमा नगरपालिकाले पूर्ण सहयोग गर्नेछ” वहाँले भन्नुभयो। यस वर्ष संख्या घटे तापनि, स्थानिय सांस्कृतिक पहिचानलाई जीवित राख्ने उद्देश्यले यस पर्वको महत्व अपरिवर्तित रहने र स्थानियहरुको स्वेच्छिक सहयोगमा उक्त पूजाको कार्यक्रम तय भएको थियो । यो पर्वले स्थानीय–क्षेत्रीय मात्र नभएर राष्ट्रिय एकता र धर्म–संस्कृति सुरक्षा सम्बन्धी सरकारको मानसिकता पनि उजागर गर्छ सभामुख पाठकले कन्या पूजामा सहभागी हुँदै भने । कन्या पूजा कार्यक्रम पछि मन्त्री बादे र सांसद थापाको सहभागीता तथा प्रोत्साहनले सामाजिक विकास र सांस्कृतिक संरक्षणप्रति सरकारी सक्रियताको ढोका खुलेको स्थानीयहरूले बताएका छन् । कन्या पूजा यो परम्परा धार्मिक विधि मात्र होइन, बनेपाको सांस्कृतिक आत्मा र महिला सम्मानको प्रतीक पनि हो। यस वर्षको आयोजनाले हजारौँ बालिकालाई देवीको रूपमा सम्मान गर्ने अवसर मात्र नभई, संस्कृति जोगाउने, आस्था बाँड्ने, समृद्धिको संदेश दिने यस पर्वले पहिचानलाई अझ गहिरो बनाएको स्थानीयहरू बताउँछन् ।
-
Jigyasanepal