Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

विषालु सर्पको डसाइले विराटनगरमा महिलाको मृत्यु

  •   २ वर्ष अघि | ११ भदौ २०८१, मङ्लबार

विराटनगर, भदौ ११ - विराटनगर महानगरपालिका-१८ भेडियारीकी २७ वर्षीया रुपादेवी मण्डलको मंगलबार बिहान विषालु सर्पको डसाइबाट मृत्यु भएको छ। परिवारका सदस्यका अनुसार, बिहान ४ बजे आँगनमा फूल टिप्ने क्रममा उनलाई सर्पले डसेको थियो। 

गम्भीर अवस्थामा रहेकी रुपादेवीलाई तत्कालै उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याइयो। तर, अस्पतालमा पुर्‍याउने बित्तिकै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन्। 


मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार, रुपादेवीलाई कुन प्रकारको सर्पले टोकेको थियो भन्ने यकिन भएको छैन। चिकित्सकहरूले सर्पको डसाइबाट मृत्यु भएको पुष्टि गरेका छन्।

  • Jigyasa media

थप