Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

कोशी ब्यारेजबाट बस नदीमा खस्दा उद्धारकार्य सुरु

  •   २ वर्ष अघि | १० असोज २०८१, बिहिबार

विराटनगर, असोज १० — बिहीबार साँझ करिब ६:०५ बजे विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको एउटा बस कोशी ब्यारेजको पुलबाट तल सप्तकोशी नदीमा खसेको छ। घटनापछि उद्धारकार्यका लागि प्रहरी टोली तुरुन्त खटिएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बस खसेको प्रारम्भिक जानकारी प्राप्त भएको बताउँदै घटनास्थलतर्फ प्रहरी र उद्धारकर्मीहरू परिचालित भइसकेको जनाएका छन्। "थप विवरण आउन बाँकी छ, हामी घटनास्थल पुग्दैछौं," तिवारीले भने।

बसमा कति यात्रु थिए र क्षतिको अवस्था कस्तो छ भन्नेबारेमा अहिले थप जानकारी प्राप्त हुन बाँकी छ।


  • Jigyasa media

थप