Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

पहिरोले कर्णाली राजमार्ग ठप्प, ६ जिल्ला 'लक' जनजीवन प्रभावित

  •   १ वर्ष अघि | १६ असार २०८२, सोमवार

 जिज्ञासा नेपाल, सुर्खेत | असार १६, २०८२

लगातारको वर्षासँगै कर्णाली राजमार्गमा खसेको पहिरोले ६ जिल्लाको सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। कालिकोटको गगने खोला र दैलेखको जितेमा खसेको भीषण पहिरोका कारण कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला खण्ड पूर्ण ठप्प बनेको हो।

🚧 सडक ठप्प, पहिरो अझै बगिरहेकै अवस्था

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी टेकबहादुर रावतका अनुसार आइतबार रातिदेखि झरी रोकिएको छैन। झरीसँगै खसेको पहिरोका कारण सोमबार बिहानैदेखि सवारी साधन चल्न नसकेको हो। पहिरो अझै पनि बगिरहेको हुँदा जोखिम बढेको उनले जानकारी दिए।

कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अहिले पनि पहिरोको निरन्तरता देखिएकाले सवारी सञ्चालन गर्न असम्भवजस्तै बनेको बताए। पहिरो पूर्ण रूपमा हट्न बाँकी छ।

🛠 मेसिन मगाएर पहिरो हटाउने प्रयास

सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय जुम्लाबाट JCB र अन्य उपकरण मगाइएका छन्। यद्यपि, निरन्तर वर्षाले उद्धार र मर्मत कार्यमा थप चुनौती थपिएको छ।

🛑 छ जिल्लाको जनजीवन ठप्प

सडक अबरुद्ध हुँदा कालिकोट, जुम्ला, मुगु, बाजुरा, हुम्ला र सुर्खेत जिल्लासँगको सिधा आवतजावत ठप्प भएको छ। सार्वजनिक यातायात, मालवाहक सवारीसाधनदेखि एम्बुलेन्स र आवश्यक आपूर्तिका साधनहरू बाटोमै रोकिएका छन्।

🚛 परिणाम : खाद्यान्न आपूर्ति, औषधि र सेवा प्रभावित

राजमार्गको पूर्ण अवरोधले कर्णाली क्षेत्रका जिल्लामा खाद्यान्न आपूर्ति, औषधि ढुवानी र आकस्मिक सेवाहरू ठप्प हुने जोखिम बढेको छ। विशेषगरी दुर्गम जिल्लाका बासिन्दाले दैनिक उपभोग्य वस्तुहरू पाउन कठिनाइ खेप्न थालेका छन्।


  • Jigyasanepal

थप