Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

मतदाता नामावली दर्ता गराउनेको चाप बढ्यो, निर्वाचन कार्यालय बिहान ८ बजेदेखि सञ्चालन

  •   १२ महिना अघि | २५ कार्तिक २०८२, मङ्लबार

कात्तिक २५, २०८२ मंगलबार भेरीगङ्गा (सुर्खेत) ।

सुर्खेतमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ। प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार नयाँ मतदाता नामावली दर्ता खुला भएको सुरुका दिनमा दर्ता गराउनेको सङ्ख्या न्यून थियो। 

तर पछिल्ला केही दिनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ। दैनिक २५० जनाको हारहारीमा नयाँ मतदाता नामावली बनाउन आउने गरेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख नन्दाराम चौलागाईंले जानकारी दिए।

मतदाता नामावली दर्ता गराउनेको चाप बढेपछि अहिले बिहान ८ बजेदेखि नै कार्यालय खोलेर काम गरिएको चौलागाईंको भनाइ छ। ‘आयोगले मतदाता नामावली दर्ता गर्ने कार्य सुरु गरेको सुरुका दिनमा ५/७ जना मात्रै दर्ता गर्न आउनुहुन्थ्यो’, उनले भने, ‘अहिले नेपाल टेलिकमको व्याकट्युन राख्न थालिएपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेको चाप बढेको छ, अहिले दैनिक २५० जनासम्म नयाँ मतदाता थपिएका छन्। चाप बढेपछि हामीले कार्यालय बिहान ८ बजेदेखि खोलेर काम गरिरहेका छौँ।’

उनकाअनुसार आजसम्म सुर्खेत जिल्लामा मात्रै एक हजार ७०० नयाँ मतदाता थपिएका छन्। कात्तिक ३० गतेसम्म दर्ता गर्ने समय भएकाले यो सङ्ख्या अझै बढ्ने उनको भनाइ छ।

गत चैतसम्मको अध्यावधिक विवरणअनुसार सुर्खेतमा पुरुष मतदाता १ लाख १९ हजार ३८९ छन् भने महिला मतदाता एक लाख २५ हजार २८५ जना गरी जम्मा २ लाख ४४ हजार ६७४ जना रहेका छन्। 

कर्णालीभर ९ लाख ८ हजार ४३३ जना मतदाता रहेका छन्। अब नयाँ मतदाता थपिएसँगै करिब १० लाख मतदाता पुग्ने आंकलन गरिएको छ।रासस

  • Jigyasanepal

थप