Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा

  •   १ दिन अघि | १० कार्तिक २०८३, सोमवार

दसैँ पर्वको समापनसँगै टीका–जमरा लगाउने क्रम पनि समाप्त, धार्मिक विधिअनुसार जमरा विसर्जन

काठमाडौं । धन, धान्य र ऐश्वर्यकी देवी महालक्ष्मीको पूजा आराधना गर्दै कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ। बडादसैँको अन्तिम दिन सोमबार कात्तिक ९ गते घरघरमा महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा रहेको छ।

आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएको दुर्गापक्ष कोजाग्रत पूर्णिमासँगै समाप्त हुन्छ। विजयादशमीका दिनदेखि सुरु भएको मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम पनि यसैसँगै टुंगिन्छ। दसैँमा प्रयोग गरिएका जमरा नजिकका नदी, तलाउ, पोखरीलगायत पवित्र स्थलमा विसर्जन गर्ने चलन छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दसैँका क्रममा शास्त्रीय विधिअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको कार्य पनि कोजाग्रत पूर्णिमाका दिन सम्पन्न हुन्छ। नवरात्र तथा विजयादशमीका प्रमुख धार्मिक गतिविधि सकिए पनि दुर्गापक्ष भने आश्विन शुक्ल पूर्णिमासम्म कायम रहने धार्मिक मान्यता छ।

धार्मिक विश्वासअनुसार कोजाग्रत पूर्णिमाको रात पृथ्वीको भ्रमणमा निस्कने महालक्ष्मी जाग्राम बसेका घरमा प्रवेश गरी धन, ऐश्वर्य र समृद्धि प्रदान गर्छिन्। यही विश्वासका आधारमा साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने परम्परा चलिआएको हो।

यस दिन महालक्ष्मीसँगै ऐरावत हात्तीमा सवार देवराज इन्द्रको समेत पूजा गर्ने चलन छ। कोजाग्रत पूर्णिमालाई ‘कौमुदी पूर्णिमा’ पनि भनिन्छ। लक्ष्मीपूजाभन्दा करिब १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको धार्मिक महत्त्व विशेष मानिन्छ।

कोजाग्रत पूर्णिमाको रात जुवा खेल्ने परम्परा पनि केही समुदायमा प्रचलित छ। यद्यपि, धार्मिक परम्परा र विश्वासअनुसार पर्व मनाउने शैली स्थान, समुदाय र परिवारअनुसार फरक हुन सक्छ।

यसरी कोजाग्रत पूर्णिमाले दसैँको धार्मिक चक्रलाई पूर्णता दिँदै धन, सुख, शान्ति र समृद्धिको कामनासहित पर्वको औपचारिक समापन गराउँछ।

  • Jigyasanepal

थप