काठमाडौं । देशका अधिकांश स्थानमा आज मौसम सामान्यतया सफा रहने भए पनि कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बिहान तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको भए पनि घाम लागेसँगै क्रमशः हट्दै जाने अनुमान गरिएको छ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुन सक्नेछ। देशका अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ।
यसैबीच, आगामी बुधबार वा बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। बंगालको खाडी आसपास विकसित भइरहेको मौसमी प्रणालीको प्रभावका कारण वर्षा हुन सक्ने अनुमान गरिएको हो।
यद्यपि, वर्षाको मात्रा, प्रभावित हुने क्षेत्र र सम्भावित जोखिमबारे थप स्पष्ट हुन मौसम प्रणालीको विकासक्रम तथा महाशाखाको आगामी पूर्वानुमानलाई ध्यान दिनुपर्नेछ।
-
Jigyasanepal