Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

एकैदिन सात हजारले उकालो चढ्यो सुनको मूल्य, नेपाली बजारमा नयाँ रेकर्ड!

  •   १ वर्ष अघि | ३१ असोज २०८२, शुक्रबार

काठमाडौं | असोज ३१, २०८२, शुक्रबार

JigyasaNepal


नेपाली बजारमा आज पुनः सुनको मूल्य आकाशिएको छ। एकैदिन तोलामा ७ हजार १ सय रुपैयाँले वृद्धि भएपछि सुनको मूल्य इतिहासकै नयाँ उच्चस्तरमा पुगेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ। बुधबारसम्म यो मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

यसरी दुई दिनमै सुनको मूल्यमा आएको तीव्र उकालोले सुन बजारमा नयाँ रेकर्ड स्थापित गरेको छ। निरन्तरको बढ्दो मूल्यका कारण बजारमा कारोबार सुस्त भए पनि आम उपभोक्तामाझ आशंका र चासो दुवै बढेको देखिन्छ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। बुधबार ३ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७५ रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँ प्रतितोलामा पुगेको महासंघले जनाएको छ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नु, अमेरिकी अर्थनीतिमा देखिएको अनिश्चितता, र तेल मूल्यवृद्धिले पनि सुनमा लगानीकर्ता आकर्षण बढाएको छ।

नेपालमा भने विदेशी मुद्राको भाउ, बैंक ब्याजदर र आयात निर्भरताका कारण सुनको मूल्य लगातार उकालो लागिरहेको छ।

पछिल्ला दुई सातादेखि सुनको मूल्य दिनहुँजसो नयाँ उचाइमा पुगेको छ। यसको प्रत्यक्ष असर आभूषण व्यवसाय, वैवाहिक तयारी, र सामान्य उपभोक्ताको खर्चमा परेको व्यवसायीहरू बताउँछन्।

सुनको यो लगातारको मूल्य वृद्धि अब कहाँसम्म पुग्ने भन्ने विषयमा स्पष्टता नभए पनि बजार विश्लेषकहरूको अनुमान छ “यदि अन्तर्राष्ट्रिय बजारमा सोनेको दर स्थिर भएन भने, नेपाली बजारमा पनि मूल्य २ लाख ६० हजार पार गर्ने सम्भावना प्रबल छ।”


  • Jigyasanepal

थप