Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

एकैदिन सात हजारले उकालो चढ्यो सुनको मूल्य, नेपाली बजारमा नयाँ रेकर्ड!

  •   ११ महिना अघि | ३१ असोज २०८२, शुक्रबार

काठमाडौं | असोज ३१, २०८२, शुक्रबार

JigyasaNepal


नेपाली बजारमा आज पुनः सुनको मूल्य आकाशिएको छ। एकैदिन तोलामा ७ हजार १ सय रुपैयाँले वृद्धि भएपछि सुनको मूल्य इतिहासकै नयाँ उच्चस्तरमा पुगेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ। बुधबारसम्म यो मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

यसरी दुई दिनमै सुनको मूल्यमा आएको तीव्र उकालोले सुन बजारमा नयाँ रेकर्ड स्थापित गरेको छ। निरन्तरको बढ्दो मूल्यका कारण बजारमा कारोबार सुस्त भए पनि आम उपभोक्तामाझ आशंका र चासो दुवै बढेको देखिन्छ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। बुधबार ३ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७५ रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँ प्रतितोलामा पुगेको महासंघले जनाएको छ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नु, अमेरिकी अर्थनीतिमा देखिएको अनिश्चितता, र तेल मूल्यवृद्धिले पनि सुनमा लगानीकर्ता आकर्षण बढाएको छ।

नेपालमा भने विदेशी मुद्राको भाउ, बैंक ब्याजदर र आयात निर्भरताका कारण सुनको मूल्य लगातार उकालो लागिरहेको छ।

पछिल्ला दुई सातादेखि सुनको मूल्य दिनहुँजसो नयाँ उचाइमा पुगेको छ। यसको प्रत्यक्ष असर आभूषण व्यवसाय, वैवाहिक तयारी, र सामान्य उपभोक्ताको खर्चमा परेको व्यवसायीहरू बताउँछन्।

सुनको यो लगातारको मूल्य वृद्धि अब कहाँसम्म पुग्ने भन्ने विषयमा स्पष्टता नभए पनि बजार विश्लेषकहरूको अनुमान छ “यदि अन्तर्राष्ट्रिय बजारमा सोनेको दर स्थिर भएन भने, नेपाली बजारमा पनि मूल्य २ लाख ६० हजार पार गर्ने सम्भावना प्रबल छ।”


  • Jigyasanepal

थप