Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

सुन–चाँदीको मूल्यमा ऐतिहासिक उछाल, नयाँ कीर्तिमान कायम

  •   ९ महिना अघि | ७ माघ २०८२, बुधबार

काठमाडौं । माघ ७ गते बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले एकैदिन ऐतिहासिक उचाइ छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १० हजार ४०० रुपैयाँले वृद्धि हुँदै हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो। अघिल्लो दिनकै मूल्यलाई तोड्दै सुनले नयाँ रेकर्ड बनाएको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम गरेको छ। बजारमा चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य बढ्नु, डलरको उतारचढाव र विश्व आर्थिक अनिश्चितताका कारण सुरक्षित लगानीतर्फ आकर्षण बढ्नुले नेपाली बजारमा पनि यसको प्रत्यक्ष असर परेको जानकारहरूको भनाइ छ।

लगातार मूल्यवृद्धिका कारण सुन–चाँदी खरिद गर्ने उपभोक्तामा थप बोझ परेको छ भने व्यवसायीहरू बजार अझै अस्थिर रहने सम्भावनातर्फ संकेत गरिरहेका छन्।

  • Jigyasanepal

थप