Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

सुनको मूल्य अहिलेसम्मकै उच्च, एक तोलाको दर २ लाख १० हजार नाघ्यो

  •   १ वर्ष अघि | २० भदौ २०८२, शुक्रबार

काठमाडौं, भदौ २० । नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको छ। शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख १० हजार ४०० रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबारको तुलनामा आज प्रतितोला सुन २५ सय रुपैयाँले बढेको हो। लगातार बढ्दो मूल्यका कारण सुन किनबेचमा सामान्य चहलपहल भए पनि सामान्य उपभोक्ता भने प्रभावित भएका छन्।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २ हजार ४९० रुपैयाँमा पुगेको छ, अर्थात् १० रुपैयाँले वृद्धि भएको हो।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतार–चढाव र भूराजनीतिक तनावले मूल्य वृद्धि भएको हो। विश्वबजारमा बढ्दो अनिश्चितताका कारण सुनलाई सुरक्षित लगानीको विकल्प मानिँदै आएको छ, जसको सीधा प्रभाव नेपाली बजारमा परेको देखिन्छ।

विशेषज्ञहरूले मूल्य अझै बढ्ने सम्भावना चेतावनी दिँदै लगानीकर्तालाई सावधानी अपनाउन सुझाएका छन्।

  • Jigyasanepal

थप