Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

सुनको मूल्य अहिलेसम्मकै उच्च, एक तोलाको दर २ लाख १० हजार नाघ्यो

  •   १ वर्ष अघि | २० भदौ २०८२, शुक्रबार

काठमाडौं, भदौ २० । नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको छ। शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख १० हजार ४०० रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबारको तुलनामा आज प्रतितोला सुन २५ सय रुपैयाँले बढेको हो। लगातार बढ्दो मूल्यका कारण सुन किनबेचमा सामान्य चहलपहल भए पनि सामान्य उपभोक्ता भने प्रभावित भएका छन्।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २ हजार ४९० रुपैयाँमा पुगेको छ, अर्थात् १० रुपैयाँले वृद्धि भएको हो।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतार–चढाव र भूराजनीतिक तनावले मूल्य वृद्धि भएको हो। विश्वबजारमा बढ्दो अनिश्चितताका कारण सुनलाई सुरक्षित लगानीको विकल्प मानिँदै आएको छ, जसको सीधा प्रभाव नेपाली बजारमा परेको देखिन्छ।

विशेषज्ञहरूले मूल्य अझै बढ्ने सम्भावना चेतावनी दिँदै लगानीकर्तालाई सावधानी अपनाउन सुझाएका छन्।

  • Jigyasanepal

थप