Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

शेयर धितो कर्जामा २५ करोडको सीमा हट्यो

  •   १० महिना अघि | २२ असोज २०८२, बुधबार

काठमाण्डौ

 नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको व्यक्तिगततर्फको २५ करोडको सीमा हटाएको छ । राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन सशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको हो। 

कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड कायम गरिएको थियो । बुधबार सर्कुलर जारी गर्दै कुनै एक वा सबै इजाजत पत्र प्राप्त संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड रुपैयाँ कायमको व्यवस्था हटाएको हो ।

अब व्यक्तिले पनि बैंक तथा वित्तीय संस्थाहरूबाट जति पनि शेयर धितो कर्जा पाउन सक्नेछन्।

अर्थ मन्त्रालयले केही समयअघि बनाएको पुँजीबजार सुधार कार्यदलले यो व्यवस्था हटाउन सुझाएको थियो । प्रतिवेदन कार्यान्वयन गर्दै केन्द्रीय बैंकले पुरानो व्यवस्था खारेज गरेको हो ।

त्यसैगरी, संगठित संस्थाको शेयर, डिवेञ्चर तथा अन्य लगानी सम्बन्धी व्यवस्था पनि लचक बनाएको छ । केन्दिैय बैंकले यस्तो लगानी ६ महिना भन्दा बढी अवधीको लागि मात्र लगानी गर्न भएको छ ।

बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठितसंस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन्। धितोपत्र विनिमय बजारमा सूचीकृत भईनसकेको संगठित संस्थाको शेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्र उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएको खण्डमा लगानी भए बराबरको रकम सञ्चित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नु पर्नेछ । त्यस्तो कोषमा रहेको रकम उक्त शेयर तथा डिबेञ्चर सूचीकृत नभएसम्म उपयोग गर्न नपाईने व्यवस्था गरेको छ ।

यस्तै, यसअघिको खरीद गरेको एक वर्ष व्यतित भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था भने हटाइएको छ ।

  • Jigyasanepal

थप