Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

शेयर धितो कर्जामा २५ करोडको सीमा हट्यो

  •   १ वर्ष अघि | २२ असोज २०८२, बुधबार

काठमाण्डौ ।

 नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको व्यक्तिगततर्फको २५ करोडको सीमा हटाएको छ । राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन सशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको हो। 

कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड कायम गरिएको थियो । बुधबार सर्कुलर जारी गर्दै कुनै एक वा सबै इजाजत पत्र प्राप्त संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड रुपैयाँ कायमको व्यवस्था हटाएको हो ।

अब व्यक्तिले पनि बैंक तथा वित्तीय संस्थाहरूबाट जति पनि शेयर धितो कर्जा पाउन सक्नेछन्।

अर्थ मन्त्रालयले केही समयअघि बनाएको पुँजीबजार सुधार कार्यदलले यो व्यवस्था हटाउन सुझाएको थियो । प्रतिवेदन कार्यान्वयन गर्दै केन्द्रीय बैंकले पुरानो व्यवस्था खारेज गरेको हो ।

त्यसैगरी, संगठित संस्थाको शेयर, डिवेञ्चर तथा अन्य लगानी सम्बन्धी व्यवस्था पनि लचक बनाएको छ । केन्दिैय बैंकले यस्तो लगानी ६ महिना भन्दा बढी अवधीको लागि मात्र लगानी गर्न भएको छ ।

बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठितसंस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन्। धितोपत्र विनिमय बजारमा सूचीकृत भईनसकेको संगठित संस्थाको शेयर वा डिवेञ्चरमा लगानी गरेमा त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्र उक्त सेयर तथा डिबेञ्चर सूचीकृत नभएको खण्डमा लगानी भए बराबरको रकम सञ्चित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नु पर्नेछ । त्यस्तो कोषमा रहेको रकम उक्त शेयर तथा डिबेञ्चर सूचीकृत नभएसम्म उपयोग गर्न नपाईने व्यवस्था गरेको छ ।

यस्तै, यसअघिको खरीद गरेको एक वर्ष व्यतित भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था भने हटाइएको छ ।

  • Jigyasanepal

थप