Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष वाईबालाई बधाई ज्ञापन

नेपाल तेक्वान्दो संघका जिल्ला कार्यालय उद्घाटन

  •   २ वर्ष अघि | २९ असार २०८१, शनिबार

बनेपा । जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकका अध्यक्षमा तेस्रो पटक मनोनित हुनुभएका मानवीर वाईबालाई नेपाल तेक्वान्दो संघ काभ्रेपलाञ्चोकले बधाई ज्ञापन गरेको छ। संघको जिल्ला कार्यसमितिको कार्यालय उद्घाटनको अवसरमा आज वाईबालाई बधाई ज्ञापन गरिएको हो। उहाँ बागमती प्रदेश खेलकुद विकास परिषद्बाट असार २० गते अध्यक्षमा नियुक्त हुनुभएको थियो। खेलकुद विकास समितिमा उहाँको यो तेस्रो कार्यकाल हो।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष वाईबाले जिल्लाको खेलकुद विकासका लागि सबैको एकताबद्ध सहयोग र प्रयास आवश्यक रहेको बताउनुभयो। खेलकुद पूर्वाधार र सामग्री व्यवस्थापनका लागि बागमती प्रदेश खेलकुद विकास परिषद् र राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरी व्यवस्थापन प्रयास गर्ने बताउनुभयो।

वाईबाले खेल विकासका लागि युवाजनशक्तिहरूको सम्भावना र चुनौती उतिकै रहेको उल्लेख गर्दै, नीतिगत रुपमा आवश्यक पहलहरू अघि बढिरहेको जानकारी दिनुभयो। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि नजिकै आएकोले, सक्षम खेलाडी उत्पादन र आवश्यक समन्वयका लागि निरन्तर संघहरूसँग सहकार्यलाई बढावा दिन आग्रह गर्नुभयो। 

नेपाल तेक्वान्दो संघ काभ्रेपलाञ्चोकका अध्यक्ष केशव थापाले जिल्ला खेलकुद विकास समितिको सहयोगले जिल्ला कार्यालय उद्घाटन गर्न सम्भव भएको बताउनुभयो। उहाँले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वाईबाको पहलमा पनौती नगरपालिका वडा नं. २ मा तेक्वान्दो हल बनाउनका लागि जग्गा प्राप्त भईसकेको र निर्माण कार्य जारी रहेको जानकारी दिनुभयो।

काभ्रेपलाञ्चोक जिल्लामा डब्लुटिएफ तेक्वान्दोका ११ वटा क्लबमा करिब एक हजार खेलाडीहरूले प्रशिक्षण लिइरहेका छन्। अध्यक्ष थापाको नेतृत्वमा रहेको नेपाल तेक्वान्दो संघको कार्यसमितिमा उपाध्यक्षद्धय उद्धव सापकोटा र अमृत हुँमागाई, सचिव रामकृष्ण घिमिरे, सहसचिव दीपक थापा, कोषाध्यक्ष रुपक ताम्राकार र सदस्यहरूमा दीपेन्द्र थापा, चाँदनी पौडेल, विनोद थापा, मनोज सापकोटा, स्नेह भेटवाल, कृष्णप्रसाद घिमिरे, सुरथ लामा, सुनिल सापकोटा र आदेश थापा रहेका छन्।

  • Reporter

थप