Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

बागमतीको बजेट ६७ अर्ब ४७ करोड

  •   १ वर्ष अघि | १ असार २०८२, आइतवार

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आइतबार बजेट ल्याएको छ । आइतबार बागमती प्रदेशसभामा आर्थिक मामिलामन्त्री कुन्दन काफ्ले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरे ।

जसमा चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै आर्थिक मामिलामन्त्री काफ्लेले पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार बजेट विनियोजन गरेको बताए  ।

कुल बजेटको ३८.६ प्रतिशत चालुतर्फ विनियोजन गरिएको छ, भने पुँजीगततर्फ ६१.४ प्रतिशत रहेको छ । आयको स्रोत आन्तरिक राजस्व, विविध र संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणबाट जुटाइने मन्त्री काफ्लेले बताए ।

  • Jigyasanepal

थप