Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

सिन्धुलीमा जुवा खेल्दा विवाद, एकजनाको हत्या, दुई पक्राउ

  •   २ वर्ष अघि | १ साउन २०८१, मङ्लबार

सिन्धुली । सिन्धुलीमा जुवा खेल्ने क्रममा लेनदेनको विवाद हुँदा एकजना युवकको हत्या भएको छ। घ्याङलेख गाउँपालिका-२ चालिसेवगरका ३० वर्षीय टिकाबहादुर बुढाथोकीको हत्या गरिएको हो।


घटनामा संलग्न भएका ३० वर्षीय आशमान वाईवा र ३८ वर्षीय भुण्टे भनिने ज्ञानबहादुर वाइवालगायतले सापटी दिएको पैसा मागेको विषयमा विवाद हुँदा चिर्पटले हानेर बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।


'आशमान वाइवा र ज्ञानबहादुर वाइवाको समूहको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका बुढाथोकीलाई इलाका प्रहरी कार्यालय वस्तीपुरको टोलीले राति नै घटनास्थलबाट उद्धार गरी उपचारका लागि वस्तीपुर स्वास्थ्य चौकी लगेकोमा त्यहाँ उपचार हुन नसकेपछि सिन्धुली अस्पताल पठाइएको थियो। उपचारका क्रममा निधन भएको हो,' काफ्लले भने।


उनको पेट, खुट्टा, दायाँ गालाको कञ्चटमा चोट लागेको र नाकबाट रगत बगेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल लगेको थियो। घटनामा संलग्न आशमान र ज्ञानबहादुरलाई घ्याङलेख गाउँपालिका-२ को पञ्चसिंह वाइवाको घरमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।


घटनामा संलग्न रहेको आशंकामा अन्य केहि व्यक्तिलाई समेत पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

  • Jigyasa media

थप