Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

स्वयम्भू स्तुपाबाट मोटरसाइकल चोरीमा संलग्न दुई व्यक्ति पक्राउ

  •   २ वर्ष अघि | १३ साउन २०८१, आइतवार

काठमाडौं । काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू स्तुपाबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।


धादिङको गल्छि गाउँपालिका-५ रैले बस्ने २१ वर्षीय प्रकाश तामाङलाई बागमती प्रदेश-०२-०३३ प २७८९ नम्बरको मोटरसाइकलसहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। गत साउन ७ गते सोमबार काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ सानो मन्दिरका राज कुमार लोले घर अगाडि पार्किङ गरेको बागमती प्रदेश-०२-०३० प ०५९९ नम्बरको मोटरसाइकल चोरी भएको निवेदनका आधारमा खोजतलास गर्दा तामाङलाई उक्त मोटरसाइकलसहित पक्राउ गरिएको हो।


त्यस्तै, सोही ठाउँबाटै गल्छि गाउँपालिका-५ सागिनेका २० वर्षीय सरोज तामाङलाई पनि बागमती प्रदेश-०२-०३७ प ८८५१ नम्बरको मोटरसाइकलसहित ट्राफिक प्रहरीले पक्राउ गरेको छ। वास्तविक नम्बर बागमती प्रदेश-०२-०४२ प २९६४ रहेको उक्त मोटरसाइकल ठमेल सात घुम्तिको एक होटलको पार्किङबाट हराएको भन्दै लमजुङको सुन्दरबजार नगरपालिका-१० का सुदिप अधिकारीले २०८० कार्तिक २६ गते खोजतलासका लागि निवेदन दिएका थिए।


नियन्त्रणमा आएका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिएका छन्। 


यस कार्यमा संलग्न अन्य व्यक्तिको खोजी तथा थप अनुसन्धान कार्य जारी रहेको समेत प्रवक्ता खड्काले जानकारी दिएका छन्।


प्रवक्ता खड्काले सम्पूर्णलाई आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्न र मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरेका छन्। 


साथै, सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा तुरुन्तै आफ्नो सवारी साधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन अनुरोध गरिएको छ।

  • Jigyasa media

थप