Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

वैधानिकता र न्यायको खोजीमा अनेरास्ववियु काभ्रेपलान्चोक..!

  •   २ वर्ष अघि | ६ पुस २०८१, शनिबार


✍🏼 सुनिल हुमागाईं

समय, परिस्थिती, र जीवनको नयाँ अध्यायको खोजीले यतिबेला परदेश बसाइलाई विवशताको बाटोले रोजे पनि, नेपालका कैयौं युवाको प्रेरणाको स्रोत बन्न सफल विद्यार्थी संगठनप्रतिको मेरो सम्मान र निष्ठा कहिल्यै मक्किएको छैन। म गर्वका साथ भन्छु, मेरो युवावस्थाका केही अमूल्य क्षण यही संगठनका लागि समर्पित थिए।

तर पछिल्लो समय, नेपालको पहिलो विद्यार्थी संगठनको नेतृत्व चयन प्रक्रियामा देखा परेको कमजोरी र गुटबन्दीले संगठनभित्रको पारदर्शिता, समावेशिता, र न्यायमाथि गम्भीर प्रश्न उठाएको छ। अखिल काभ्रेको पछिल्लो अधिवेशनले सिर्जना गरेको विवाद—दुई समानान्तर कमिटी गठनसम्मको अवस्था—यसको ज्वलन्त उदाहरण हो।

गुटबन्दीले कमजोर बनाएको संगठन

"मेरो मान्छे" प्रवृत्तिको निरन्तरताले संगठनलाई समृद्ध बनाउनुको साटो असमावेशी र अन्यायपूर्ण बनाउँदै लगेको छ। योग्य र क्षमतावान साथीहरू प्रतिस्पर्धाबाट पछि पर्नु केवल व्यक्तिगत क्षतिमात्र नभई, संगठनकै भविष्यका लागि चुनौती हो।

नेतृत्व चयन प्रक्रियामा भएको अनियमितता र गुटबन्दीले संगठनको मूल उद्देश्य र युवा नेतृत्वको औचित्यमाथि गम्भीर प्रश्न खडा गरेको छ।


युवाले तोड्नुपर्ने पुराना प्रवृत्ति

अब समय आएको छ, जब युवाले पुराना र असमावेशी व्यवस्थालाई तोड्दै नयाँ सोच, दृष्टिकोण, र समता, समावेशी नेतृत्वलाई अघि बढाउनु पर्छ। यदि युवा पुस्ताले पुरानै शैलीलाई निरन्तरता दिन्छ भने, संगठनको गरिमा र प्रभाव क्षमतामा ठूलो ह्रास हुनेछ।

जिम्मेवारी निर्वाहको समय

संगठनभित्र देखिएको असन्तुलन र नेतृत्वको कमजोरीलाई सुधार गर्न तत्काल आवश्यक केहि पहल:

१. पारदर्शी नेतृत्व चयन: योग्य र प्रतिस्पर्धात्मक साथीहरूलाई अवसर दिने सुनिश्चितता।

२. गुटबन्दीको अन्त्य: व्यक्तिगत स्वार्थलाई पन्छाउँदै संगठनको मूल उद्देश्यलाई प्राथमिकता दिन नेतृत्वको पहल।

३. युवा सहभागिता वृद्धि: संगठनलाई गतिशील र प्रभावकारी बनाउँदै नयाँ पुस्ताको रुचि र योगदानलाई प्रोत्साहन।


अधिवेशनले उठाएको चुनौती

अधिवेशन जस्तो लोकतान्त्रिक प्रक्रिया संगठनलाई बलियो बनाउने माध्यम हुनुपर्ने हो। तर, यही प्रक्रियाले विवाद र गुटबन्दी जन्माउँदै संगठनलाई कमजोर बनाएको छ।

अधिवेशनपछिको वैधानिक र अवैधानिक कमिटीको होडबाजीले संगठनभित्रको एकता र विश्वासमाथि गम्भीर आघात पुर्‍याएको छ। यस्तो अवस्थामा, नेतृत्वले संगठनलाई पारदर्शी, लोकतान्त्रिक, र समावेशी बनाउँदै यसको गरिमा कायम राख्न तत्काल कदम चाल्न आवश्यक छ।

भविष्यको मार्गदर्शन

यदि नेतृत्वले अझै पुरानै शैलीलाई निरन्तरता दियो भने, संगठनभित्रको युवा नेतृत्व संकट गहिरिँदै जानेछ। यो समय नयाँ पुस्ताले इमानदारिता, पारदर्शिता, र जवाफदेहितासहित संगठनलाई सुदृढ बनाउन आफ्नो दायित्व निर्वाह गर्ने हो।

देशको शैक्षिक, सामाजिक, र आर्थिक परिवर्तनमा अमूल्य योगदान दिने यो संगठनलाई नयाँ उचाइमा पुर्याउन हामीले पुरानो सोचलाई त्याग्नैपर्छ।


(-लेखक सुनिल हुमागाईं हाल पोर्चुगलमा बस्छन्। संगठनप्रतिको उनको सम्मान, चिन्ता र गहिरो भावना विचारमा व्यक्त गरेका छन्।)

  • Jigyasanepal

थप