Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

मेरो मामाः माया र सम्झना !

  •   १० महिना अघि | २६ असोज २०८२, आइतवार

✍🏼जयराम कर्माचार्य

मिति २०८२ आश्विन १९ गते आईतबार त्रयोदशी का दिन मामाश्री कृष्ण लाल श्रेष्ठ हामी बिच करिब ९ महिना अर्बुदरोगसँग संघर्ष गर्दागर्दे एका बिहानै प्रिय भाञ्जालाई थाहा नै नदिई अप्रत्याशित अनिश्चित यात्रामा लाग्नुभयो । मामाको निधनले मलाई मात्र होइन, परिवारमै ठूलो आकस्मिक शून्यता ल्याईदियो । मामाको मृत्युले सिर्फ एउटा मानिसको विदाई थिएन, एउटा माया, स्नेह, सद्भाव र आत्मियताको संसार हराएको अनुभूति दिलायो ।

साबिक शंखुपाटीचौर गाबिस ईँटेमा पिता हर्षलाल श्रेष्ठ र माता सुन्दरीमायाँ श्रेष्ठको कोखबाट मिति २००८ पौष २ गते जन्म भई बिगत करिब २० बर्षदेखि निरन्तर पनौतीको स्थायी बासिन्दा रही श्रीमती पूर्ण लक्ष्मी प्रधान, छोरीहरु मन्दिरा, मञ्जु, रमिता, यमुना, जमुना, समुना, सम्बृद्धि र छोरा बिजय, बुहारी सुष्मा अनि नाति बिहानबिलाई असह्य पीडाको भावनामा डुबाउँदै, मनमा अपूरणीय खालीपन गर्दे, जीवनभरको सम्झनाको अमिट छाप छोड्दै आप्mनो शरिर प्रकृतिलाई समर्पण गर्नु भयो । परिवारको शान्ति, मायाको ओज र आत्मीयताको स्पर्श हरायो ।  

असोचनिय रुपमा एकाएक सांसारीक मार्गमा जाँदा परिवारका प्रिय मामा अब हामीबीच नहुँदा जीवन अनित्य छ भन्ने यथार्थता आज फेरि अनुभूति गराएको छ । एक पटक पनि नसोधि बलवान समयले मामाको शरीरलाई त हरायो नै तर उहाँको हाँसो, उहाँका सल्लाह र मायालु व्यवहार हृदयमा पैmलिरहेका छन्, सबैलाई सहयोग गर्ने स्वभावले उहाँलाई सबैको प्रिय बनाएको थियो ।

मिति २०८२ आश्विन २० गते सोमबार धुलिखेल अस्पतालबाट पनौती त्रिवेणी घाटमा ल्याए पश्चात जोडले बोलाएंँ, चिच्याएँ, उठाएँ अनि शरीर सुम्सुम्याएँ— बिगतको आत्मीय मिठासपूर्ण मायालु बोली, हृदयको माया, अनुहारको उज्यालो प्रिय भाञ्जालाई थाहै नदिई स्मृतिमा मात्र रहने गरि शून्यतामा बिलिन भईसकेको रहेछ । अब मामा के विहान के साँझ, एउटा हाते झोला बोकि पनौती, भारतका मठमन्दिरसमेत घुम्ने छैनन । किराले दाँत खाएको घरेलु निःशुल्क उपचार पाउने छैनन । ‘भेञ्चाभाजु’ भनि घर आउने छैनन । बाटामा के बच्चा, के जवान के बृद्ध कोहीसँग बोल्ने हालखबर सोध्ने छैनन् सदाका लागि । 

सधैं हालखबर सोधिरहने बानी, मुस्कुराउने अनुहार, मृदु व्यवहार र आत्मीय बोली मेरो स्मृतिमा घुमिरह्यो । मामाको कर्मशिलता, सरल, सहृदय र सहयोगी स्वभाव रहेकैले बाल्यकालदेखि नै हामीलाई माया, सल्लाह र सहयोगी भाव राख्दै आएका थिए । अरूको दुखमा सधैं साथ दिने, पारिवारिक हरेक काममा अग्रसर हुने उनको बानीले सबैको मन जितेको थियो । उनका असंख्य सम्झनाहरूले हामीलाई सधैं प्रेरित गर्दै रहनेछन् ।

मामाको अन्तिम क्षणमा अस्पतालको शैयामा रहँदासमेत शून्ययात्राको भाव देखिएको थिएन । थकित, गलित कुनै पनि संकेत नै थिएन । सदा भैm कुराकानी भएकै थियो । बुबाको जीवनगाथा समेटिएको युट्युबमा राखिएको भिडियो उत्सुकता पूर्बक खुशी हुँदै धन्यवाद दिँदै आपैmले हेरेका थिए । बुहारी श्रीमती मायादेवी श्रेष्ठ प्रधानाध्यापक भएकोमा कुरा बारम्बार निकाल्दै औधि प्रसन्न भएको अनुहारमा पुरै झल्किएको थियो तर त्यतिन्जेल स्वर हल्का कमजोर रही सकेको थियो । मलाई लाग्दथ्यो प्लीक प्लीक ट्युबलाईटबाट झलमल्ल ट्युबलाईट भैm उज्यालो हुनेछ । अभैm रोग बिरुद्ध बिजेता बनेर पनौतीमा दशै सँगै मनाउँन पाउँछु । दुःख सुख, आरोह अवरोह, सफलता असफलता आदान प्रदान गर्न पाउँछु । किनकि पूर्णत स्याहार, संरक्षण, माया अनि खुसी अन्तिम समयसम्म पनि श्रीमती, छोरीहरु, छोराबुहारीहरुले महसुस हुनेगरि दिएकै थिए । 

मामा मेरा लागि केवल आफन्त नातेदार मात्र थिएन, एक सच्चा सुभेच्छुक, एक मार्गदर्शक र सधैं प्रोत्साहन दिने व्यक्तित्व रहिरहनु भयो । उहाँको मुस्कानले घरभरिको माहोल उज्यालो बनाउँथ्यो, उहाँको सल्लाहले कठिन पारिवारिक सवालहरु सहज बनाउँथ्यो । उहाँले सधैं सबैलाई माया, सहयोग र सहानुभूति समानुभुती देखाउन सिकाउनुभयो ।

जीबनको अन्तिमतिर रोग बिरुद्धको बिजेता बनेको आभास दिई बिदेश युएई दुबई देश समेत घुमेर आए । जीवन कहिल्यै विलासितामा बितेन । जीबन शरीरलाई स्फुर्त पार्न सानो बिजुली मर्मत सम्बन्धि उद्यम कर्मशिलता र आत्मसम्मानले भरिएको थियो । सम्बन्धलाई आत्मीयतासँग निभाउने उहाँको गुण थियो । परिवारको मन जितेकै थियो । उहाँको स्वभावले सबैको प्रिय बनाएको थियो । 

मामाघरका लागि नमोबुद्ध मार्गमा जब हिडँ्छु साक्षीका रुपमा रहेका गोरखनाथ डाँडाका दायाँबायाँका रुख हावाको स्पर्शमा उहाँको स्नेह महसुस गर्छु । टल्किरहेको हरेक सूर्यकिरणमा उहाँको अनुहार अनायास देख्दछु, जब मामाघरको ढोका छिर्छु पारिवारिक कठिन क्षणका सल्लाह सम्झना मानसपातलमा जिवित देख्दछु । व्यवहारमा परिवारिक आत्मिय सम्बन्ध रहेको पाउँछु । अनि माईजु, छोरी, छोरा अनि नाति देख्छु, लाग्छ मामाश्रीले सत्मार्गमा हिड्न चौबाटोमा बसि मार्गदर्शन गरिरहेको छ । 

अन्त्यमा, श्रद्धाञ्जली मामाश्री कृष्ण लाल लाई जसले माया र सम्झनाको अमिट छाप छोडेर गईरहनुभयो । उहाँको आत्माले शान्ति पाओस् भन्ने भाञ्जाको हार्दिक प्रार्थना छ । 

  • Jigyasanepal

थप