Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

डोटीमा बस दुर्घटना: १६ जना घाइते, एक गम्भीर

  •   २ वर्ष अघि | ३२ साउन २०८१, शुक्रबार

धनगढी । डोटीमा शैलेश्वरी यातायातको यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। बिहीबार धनगढीबाट छुटेको ना ५ ख ४४५१ नम्बरको बस शुक्रबार बिहान करिब ४ बजे दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपालको प्रशारण केन्द्र नजिकै दुर्घटनाग्रस्त भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा परेका १६ जना यात्रुमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। सबै घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सुजङ अस्पतालमा पठाइएको छ।

प्रहरीले बस करिब एक सय मिटर तल खसेको र दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको जानकारी दिएको छ।

  • Jigyasanepal

थप