धनगढी, फागुन २ – कैलालीको धनगढीमा एक युवकको पानीमा डुबेर मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका-१३, राजपुरका २८ वर्षीय सेवन रानाको बिहीबार नुहाउने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार, उनी मृगी रोगी रहेको र बोरिङबाट निस्किएको पानी जमेको खाल्डोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको अनुमान गरिएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।
- Jigyasa media