काठमाडौँ - असारको तेस्रो साता आएको भीषण बाढीले कञ्चनपुर जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार, बाढीले करिब रु एक अर्ब ५० करोड बराबरको भौतिक सम्पत्ति नष्ट गरेको छ, जसमा भौतिक पूर्वाधार, कृषि बाली, उद्योग, र पशुधनमा ठूलो नोक्सानी भएको छ।
जिल्लाभरको कुल क्षति रु एक अर्ब ५७ करोड १० लाख २१ हजार चार सय २९ पुगेको निमित्त प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले जानकारी दिए। बाढीका कारण कञ्चनपुरमा चार जनाको मृत्यु भएको छ।
विशेष गरी, कृषि क्षेत्रमा रु ६५ करोड ४० लाख ८३ हजार पाँच सय ४६ बराबरको नोक्सानी भएको छ भने महाकाली सिँचाइ व्यवस्थापन, सडक डिभिजन, र अन्य पूर्वाधार कार्यालयहरूमा पनि ठूलो क्षति पुगेको छ।
मौसमविद्को टोलीले यस वर्षालाई ‘क्लाउड ब्रस्ट’का कारण भएको मुसलधारे वर्षा भनेर चिन्हित गरेको छ। असार २३ र २४ गते कञ्चनपुरमा भारी वर्षा भएको थियो, जुन इतिहासमै दुर्लभ मानिएको छ।
- Jigyasa media