Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

हङकङ सिक्सेस क्रिकेट: श्रीलंकाद्वारा पाकिस्तानलाई तीन विकेटले पराजित गर्दै उपाधि कब्जा

  •   २ वर्ष अघि | १८ कार्तिक २०८१, आइतवार

काठमाडौं । हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ। फाइनलमा पाकिस्तानलाई तीन विकेटले पराजित गर्दै श्रीलंकाले च्याम्पियनको उपाधि हात पारेको हो।

टस हारेर ब्याटिङ गरेको पाकिस्तानले पाँच ओभर दुई बलमा सबै विकेट गुमाउँदै ७२ रन मात्र बनाएको थियो। ७३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको श्रीलंकाले पाँच ओभरभित्र तीन विकेट गुमाएर जित हासिल गर्‍यो।

प्रतियोगिताको सेमिफाइनल चरणमा पाकिस्तानले अष्ट्रेलियालाई र श्रीलंकाले बाङ्ग्लादेशलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए। नेपाल भने क्वाटरफाइनलमा श्रीलंकासँग र प्लेट सेमिफाइनलमा युएईसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। यद्यपि, समूह चरणमा नेपालले इङ्ल्याण्ड र अष्ट्रेलियालाई हराउँदै समूह विजेताको रूपमा उत्कृष्ट प्रदर्शन गरेको थियो।


  • Jigyasa media

थप