Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

साफ च्याम्पियनसिप फाइनल खेलको टिकट बिक्री स्थगित

  •   २ वर्ष अघि | १३ कार्तिक २०८१, मङ्लबार

काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री स्थगित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कात्तिक १४ गते साँझ साढे ६ बजे हुने फाइनल खेलको टिकट अर्को सूचना नआएसम्मका लागि रोकिएको एन्फाले जानकारी दिएको छ।

आइतबारको दोस्रो सेमिफाइनल खेलमा नेपाल र भारतबीच भएको भिडन्तका क्रममा रंगशालाको क्षमताभन्दा बढी दर्शक उपस्थिति हुँदा खेलाडी र दर्शकको सुरक्षा जोखिममा परेको थियो। यसै कारण फाइनल खेलको टिकट बिक्री रोक्नुपर्ने बाध्यता भएको एन्फाको भनाइ छ।

साफको टिकट व्यवस्थापनको जिम्मा पाएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको आरोप लागेकाले एन्फाले सत्यतथ्य बुझेर मात्र फाइनल खेलका लागि टिकेटिङ व्यवस्था गर्ने निर्णय गरेको हो।

एन्फाले जारी गरेको विज्ञप्तिमा सार्वजनिक सूचनाको उल्लङ्घन गर्दै टिकट बिक्रीवितरण भएमा एन्फा जवाफदेही नहुने उल्लेख छ।


  • Jigyasa media

थप