Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

एनपीएल क्रिकेटको टिकट दर सार्वजनिक

  •   २ वर्ष अघि | १० मंसिर २०८१, सोमवार

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका लागि टिकट दर सार्वजनिक गरिएको छ। आयोजक समितिले सोमबार टिकटको मूल्य विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको विवरण अनुसार उद्घाटन खेलको टिकट दर साधारण दर्शकका लागि रु ३०० र भिआइपीका लागि रु ७०० तोकिएको छ। अन्य लिग खेलहरूको दिन दुईवटै खेलको लागि साधारण टिकट रु ३०० र भिआइपी टिकट रु ५०० निर्धारण गरिएको छ।

प्लेअफ चरणको खेलका लागि साधारण दर्शकले रु ५०० र भिआइपी दर्शकले रु ७०० तिर्नुपर्नेछ। फाइनल खेलको टिकट दर भने साधारणका लागि रु ५०० र भिआइपीका लागि रु १००० निर्धारण गरिएको छ।

यसबाहेक, प्रतियोगिताभरका सबै खेल हेर्न सकिने गरी सिजनल पास पनि उपलब्ध गराइएको छ। यसमा २०% छुटसहित साधारण पास रु ४४८० र भिआइपी पास रु ८२४० तोकिएको छ।

एनपीएलका खेलहरू आगामी दिनमा विभिन्न स्थानमा सञ्चालन गरिने छ, जसको विस्तृत जानकारी आयोजकले चाँडै सार्वजनिक गर्ने जनाएको छ। टिकट दरसँगै दर्शकहरूको उत्साहलाई मध्यनजर गर्दै व्यवस्थापनको तयारी अघि बढाइएको आयोजकले उल्लेखगरेको छ।


  • Jigyasa media

थप