Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

एनपीएल क्रिकेटको टिकट दर सार्वजनिक

  •   २ वर्ष अघि | १० मंसिर २०८१, सोमवार

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका लागि टिकट दर सार्वजनिक गरिएको छ। आयोजक समितिले सोमबार टिकटको मूल्य विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको विवरण अनुसार उद्घाटन खेलको टिकट दर साधारण दर्शकका लागि रु ३०० र भिआइपीका लागि रु ७०० तोकिएको छ। अन्य लिग खेलहरूको दिन दुईवटै खेलको लागि साधारण टिकट रु ३०० र भिआइपी टिकट रु ५०० निर्धारण गरिएको छ।

प्लेअफ चरणको खेलका लागि साधारण दर्शकले रु ५०० र भिआइपी दर्शकले रु ७०० तिर्नुपर्नेछ। फाइनल खेलको टिकट दर भने साधारणका लागि रु ५०० र भिआइपीका लागि रु १००० निर्धारण गरिएको छ।

यसबाहेक, प्रतियोगिताभरका सबै खेल हेर्न सकिने गरी सिजनल पास पनि उपलब्ध गराइएको छ। यसमा २०% छुटसहित साधारण पास रु ४४८० र भिआइपी पास रु ८२४० तोकिएको छ।

एनपीएलका खेलहरू आगामी दिनमा विभिन्न स्थानमा सञ्चालन गरिने छ, जसको विस्तृत जानकारी आयोजकले चाँडै सार्वजनिक गर्ने जनाएको छ। टिकट दरसँगै दर्शकहरूको उत्साहलाई मध्यनजर गर्दै व्यवस्थापनको तयारी अघि बढाइएको आयोजकले उल्लेखगरेको छ।


  • Jigyasa media

थप