Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

नेपाल भारतसँग ८२ रनले पराजित

एसिया कपको समूहचरणबाटै बाहिरियो

  •   २ वर्ष अघि | ८ साउन २०८१, मङ्लबार

काठमाडौं  । नेपाल भारतसँग ८२ रनले पराजित भएको छ। एसीसी महिला एसिया कपको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो। पराजित भएसँगै नेपाल एसिया कपको समूहचरणबाटै बाहिरिएको छ।

भारतले १७९ रनको लक्ष्य प्रस्तुत गरे पनि नेपालले निर्धारित ओ‌भरको खेलमा ९ विकेटको क्षतिमा ९६ रनमात्र बनाउन सक्यो। नेपालका लागि सीता राना मगरले सर्वाधिक १८ रन बनाइन्। त्यस्तै बिन्दु रावलले १७, रुबिना क्षेत्रीले १५, इन्दु बर्माले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओ‌भरको खेलमा ३ विकेट गुमाएर १७८ रन बनाएको हो। भारतका लागि सफाली बर्माले ८१ रन बनइन्। त्यस्तै दायालान हेमालाथाले ७ रन र सजिवन सजनाले १० रन बनाइन्। जेमिमा रोड्रीग्ययु २८ र रीचा घोस ६ रनमा अविजित रहिन् ।


नेपालका लागि सीत राना मगरले २ विकेट लिइन् भने कविता जोशीले १ विकेट लिइन्। नेपालल युएईलाई हराउँदै राम्रो सुरुवात गरे पनि दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।

  • Jigyasa media

थप