Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

यु–१९ एसिया कप: नेपालद्वारा अफगानिस्तान पराजित, रोमाञ्चक जित

  •   २ वर्ष अघि | १८ मंसिर २०८१, मङ्लबार

काठमाडौं, मंसिर १८ - संयुक्त अरब इमिरेट्स (युएई) मा जारी यु–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराउँदै प्रतियोगिताको रोमाञ्चक समापन गरेको छ।

अफगानिस्तानको कमजोर प्रदर्शन

दुबईस्थित शारजाह क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ३५.४ ओभरमै सबै विकेट गुमाउँदै मात्र १२३ रन जोड्न सफल भयो। अफगानिस्तानका लागि फैसल खानले ५२ रनको उत्कृष्ट प्रदर्शन गरे। उनले ६७ बलमा चार चौका र दुई छक्का प्रहार गरे। खातीर खानले १५, अल्लाह गजान्फरले ११ र नासिर खानले १० रन बनाए।

नेपालका बलरहरू युनिशविक्रम सिंह ठकुरी र सन्तोष यादवले ३–३ विकेट लिए भने हेमन्त धामी र अभिषेक तिवारीले २–२ विकेट हात पारे।

नेपालको संघर्षपूर्ण जित

१२४ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए। कप्तान हेमन्त धामीले २२, अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठी र रोशन विश्वकर्माले समान ९–९ रन जोड्दा सन्तोष यादवले सात रन बनाए।

नेपालले १२ अतिरिक्त रन पाएको थियो। बलिङतर्फ अफगानिस्तानका एएम गजानफर र खातिर स्टानिकजाईले ३–३ विकेट लिए भने अब्दुल अजिज र महबूब खानले १–१ विकेट लिए।

नेपाल र अफगानिस्तानको यात्रा समाप्त

यसअघि, नेपालले पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले हार ब्यहोरेको थियो। अफगानिस्तानले पनि पहिलो खेलमा बंगलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग १३१ रनको पराजय ब्यहोरेको थियो।

दुवै टोली यु–१९ एसिया कपको समूह चरणबाट बाहिरिएका छन्। यद्यपि, अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई हराउँदै प्रतियोगितामा सुखद समापन गरेको छ।


  • Jigyasa media

थप