Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

यु–१९ एसिया कप: नेपालद्वारा अफगानिस्तान पराजित, रोमाञ्चक जित

  •   २ वर्ष अघि | १८ मंसिर २०८१, मङ्लबार

काठमाडौं, मंसिर १८ - संयुक्त अरब इमिरेट्स (युएई) मा जारी यु–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराउँदै प्रतियोगिताको रोमाञ्चक समापन गरेको छ।

अफगानिस्तानको कमजोर प्रदर्शन

दुबईस्थित शारजाह क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ३५.४ ओभरमै सबै विकेट गुमाउँदै मात्र १२३ रन जोड्न सफल भयो। अफगानिस्तानका लागि फैसल खानले ५२ रनको उत्कृष्ट प्रदर्शन गरे। उनले ६७ बलमा चार चौका र दुई छक्का प्रहार गरे। खातीर खानले १५, अल्लाह गजान्फरले ११ र नासिर खानले १० रन बनाए।

नेपालका बलरहरू युनिशविक्रम सिंह ठकुरी र सन्तोष यादवले ३–३ विकेट लिए भने हेमन्त धामी र अभिषेक तिवारीले २–२ विकेट हात पारे।

नेपालको संघर्षपूर्ण जित

१२४ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए। कप्तान हेमन्त धामीले २२, अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठी र रोशन विश्वकर्माले समान ९–९ रन जोड्दा सन्तोष यादवले सात रन बनाए।

नेपालले १२ अतिरिक्त रन पाएको थियो। बलिङतर्फ अफगानिस्तानका एएम गजानफर र खातिर स्टानिकजाईले ३–३ विकेट लिए भने अब्दुल अजिज र महबूब खानले १–१ विकेट लिए।

नेपाल र अफगानिस्तानको यात्रा समाप्त

यसअघि, नेपालले पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले हार ब्यहोरेको थियो। अफगानिस्तानले पनि पहिलो खेलमा बंगलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग १३१ रनको पराजय ब्यहोरेको थियो।

दुवै टोली यु–१९ एसिया कपको समूह चरणबाट बाहिरिएका छन्। यद्यपि, अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई हराउँदै प्रतियोगितामा सुखद समापन गरेको छ।


  • Jigyasa media

थप