Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

नामिबियासँग पराजित नेपाल, वर्षाले प्रभावित खेलमा डीएल मेथोडको निर्णय

  •   २ वर्ष अघि | २४ फाल्गुन २०८१, शनिबार

काठमाण्डौ ।गुगान्डामा जारी चार देशीय महिला टी-२० कपअन्तर्गत नेपालले नामिबियासँग ६ विकेटको हार बेहोरेको छ। वर्षाका कारण अवरुद्ध खेललाई डीएल मेथोडअनुसार १५ ओभरमा झारिएको थियो, जसमा नामिबियाले ७१ रनको लक्ष्य पाएको थियो।

नेपालका बलरहरूले खेलमा प्रभाव पार्न प्रयास गरे। ईश्वरी विष्टले १३.२ ओभरमा चौँथो विकेट लिँदा, कप्तान इन्दु बर्माले १२.२ ओभरमा तेस्रो विकेट झारिन्। यसअघि सविता जोशी र पूजा महतोले क्रमशः १०औं ओभर र तेस्रो ओभरमा विकेट लिएका थिए।

नामिबियाले निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

नेपालको ब्याटिङ प्रदर्शन

यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९२ रन बनाएको थियो। सम्झना कुमारी खड्काले आक्रमक सुरुवात गरे पनि ११ बलमा १८ रन बनाएर आउट भइन्। रुविना क्षेत्री (०), कप्तान इन्दु बर्मा (२), पूजा महतो (१३), रोमा थापा (९), रचना चौधरी (१), एलिशा यादव (०) लगायतले ठूलो योगदान दिन सकेनन्।

नामिबियाका बलरहरू प्रभावशाली देखिए, जसका कारण नेपाली टोलीले अपेक्षित स्कोर खडा गर्न सकेन।

आगामी खेलहरू

नेपालले अब फागुन २५ गते युगान्डासँग, फागुन २६ गते हङकङसँग, फागुन २८ गते पुनः नामिबियासँग, फागुन २९ गते युगान्डासँग र फागुन ३० गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणमा शीर्ष दुई टोलीले उपाधि भिडन्त खेल्नेछन्।


  • Jigyasa media

थप