Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

अगुल्टो

  •   २ वर्ष अघि | ५ भदौ २०८१, बुधबार


✍🏼-मनिष राई 

रुमलिन्छ मान्छे यहाँ बहकिन्छ पनि

मनभित्रको चाह कहाँ देखिन्छ र

पल पल हावाको ठक्कर खान्छ पातले

शितलता अघि रोदन कहाँ देखिन्छ र ।।


समयको दोष भन्छन् यहाँ

आफ्ना पाइला कहाँ गनिन्छ र

पाइला नहेरी शिखर चुमे अरे

त्यसलाई नि सफलता भनिन्छ र ।।


आखिर माटो मै मिल्नु छ पछि

को गरीब को धनी छ र

निःस्वार्थ भै कर्म गरे अरे

स्वार्थ नभएको संसार पनि छ र ।।


आश देखाउँछन् धेरै यहाँ

चन्द्रमाको तापले जमिन सकिन्छ र

भाग्य हेर्छन् औंला फिजाई

हातका नशामा भाग्य लेखिन्छ र ।।


वसन्तको पालुवा हराभरा

जहिले खास कहाँ देखिन्छ र

वर्षात पछिको छाता बन्द गरेकै राम्रो

नत्र आकाश कहाँ देखिन्छ र ।।

  • Jigyasa media

थप