Breaking News
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : चालु आवमै ९ विदेशीसहित १३ पर्यटकको मृत्यु    ||     ४१ हप्ताकी गर्भवती महिलाको धुलिखेल अस्पतालमा मृत्यु, शिशुको आईसीयूमा उपचार जारी    ||     ममता काफ्ले भट्ट प्रकरणमा नयाँ मोड : बेपत्ता भएको झन्डै दुई वर्षपछि आराबाट मानव कपाल फेला    ||     पराजुलीको हिमलुङमा पलाएको माया लोकार्पण    ||     पश्चिमी वायुको प्रभाव कायम : आज देशका धेरै स्थानमा वर्षा, हावाहुरी र चट्याङको सम्भावना    ||     काठमाडौँ आउँदै गरेको जिप नुवाकोटमा दुर्घटना, एकको मृत्यु    ||     हृदयविदारक घटना : ३१ दिनकी शिशु खाल्डोमा पुरिएको अवस्थामा मृत फेला, आमा पक्राउ    ||     युएफसीको सेमिफाइनलमा नेपाली चमक : रविन्द्र ढाँटको ऐतिहासिक छलाङ    ||     माग्नेको भेषमा काठमाडौंमा बालिका अपहरण प्रयास, स्थानीयको सतर्कताले बचिन् ५ वर्षीया बालिका    ||     बकर इददेखि गणतन्त्र दिवससम्म : आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा    ||    

गजल

  •   २ वर्ष अघि | ११ साउन २०८१, शुक्रबार

गजल

                        -  बूँद राना

ठिमी उनको ठमेल उनको 

देशै बिर्ता अचेल उनको !


पेलिरहेछन् - पेलिरहेछन्

जनता भएछन् तेल उनको !


सर्प-बिच्छी मिले गँगटो

कति पो टिक्ला यो मेल उनको ?


छोपून् जति नै ढाकून् जति नै

जगमा जाहेर छ झेल उनको !


अझै हथौडा परेको छैन 

त्यसैले बलियो छ बेल उनको !


पर्दा छ र पो पर्दा उठेमा 

पक्कै खत्तम छ खेल उनको !


  • Mr. Admin

थप