Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

सम्हालिँदै आएको छु..!

  •   १ वर्ष अघि | १६ बैशाख २०८२, मङ्लबार

गजल :- 🖋️

✍🏼भरत सापकोटा 

आफैंले सम्झाएको छु,आफैंलाई सम्हाल्दै आएको छु ।

पटकपटक यो मन च्यातिरहन्छ,म टाल्दै आएको छु ।


सोंचेजस्तो जिन्दगी त सायद कसैको पनि नहोला यहाँ 

समयले जे दिएको छ म त्यसैलाई अँगाल्दै आएको छु ।


जिन्दगी मैनबत्ती हुँदा यो समय हावा बनिदिने रहेछ 

धेरैपटक निभेको छु फेरि आँफैलाई बाल्दै आएको छु ।


हिँड्न सुरु नै गरिएन भने ,गन्तव्यमा पुगिँदैन थाहा छ

र त रोकिएको छैन,यी पाइलाहरु चाल्दै आएको छु ।


२०८२ /०१/१६,धुलिखेल ।

  • Jigyasanepal

थप