Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

सेयर बजारमा गिरावट, आइतबार कारोबार साढे ४ अर्ब

  •   २ वर्ष अघि | ७ पुस २०८१, आइतवार

काठमाडौं, पुस ७ – साताको सेयर बजारमा गिरावट, आइतबार कारोबार साढे ४ अर्बपहिलो कारोबार दिन आइतबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ बिन्दुमा पुगेको छ। यो ०.५३ प्रतिशतको गिरावट हो।

आइतबार कुल ३१९ वटा धितोपत्रको ५७,८६३ वटा कारोबार भएको छ। यस क्रममा ९१ लाख ८० हजार ७१८ कित्ता सेयर किनबेच भई कुल कारोबार रकम ४ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ पुगेको छ।

विकास बैंक उपसमूहमा ठूलो गिरावट

जलविद्युत् र उत्पादन तथा प्रशोधन उपसमूहबाहेक अन्य सबै उपसमूहमा गिरावट आएको छ। विशेषगरी विकास बैंक उपसमूहका लगानीकर्ताले ठूलो क्षति व्यहोरेका छन्, जसको सूचक २.०५ प्रतिशतले घटेको छ। त्यस्तै, लगानी उपसमूहमा १.१८ प्रतिशतको गिरावट देखिएको छ।

सकारात्मक सर्किट लाग्ने धितोपत्रहरू

बजारमा गिरावट हुँदा पनि केही धितोपत्रले सकारात्मक प्रदर्शन गरेका छन्। सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर, र न्यादी हाइड्रोपावरका सेयर मूल्य १० प्रतिशतले बढेका छन्। यस्तै, सुपर मादी हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशत र पिपुल्स पावरको ९.७१ प्रतिशतले बढेको छ।

अधिकांशमा गिरावट

सप्तकोशी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६.४० प्रतिशतले घटेको छ। मायाखोला हाइड्रोको ६.१२, गरिमा विकास बैंकको ४.५२ र नारायणी विकास बैंकको ४.३८ प्रतिशतले गिरावट आएको छ।

सबैभन्दा धेरै कारोबार

रिभर फल्स पावर कम्पनीले सबैभन्दा धेरै कारोबार गर्न सफल भएको छ। कम्पनीको सेयरमा २२ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यो दिनको कारोबारले बजारको अस्थिरता झल्काएको छ। लगानीकर्ताहरूले सचेत र दीर्घकालीन रणनीतिका साथ निर्णय गर्नुपर्ने देखिन्छ।


  • Jigyasa media

थप