Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

संविधान दिवस २०८२ : आज टुँडिखेलमा विशेष समारोह, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको उपस्थिति

  •   १ वर्ष अघि | ३ असोज २०८२, शुक्रबार

काठमाडौँ । आज असोज ३ गते, संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा देशभर विशेष कार्यक्रम हुँदैछ।

यस वर्षको संविधान दिवस सैनिक मञ्च, टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहान ८ः३० बजे विशेष समारोहमार्फत मनाइँदैछ। समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय भएको छ। यद्यपि, अहिलेको विशेष राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै यसपटक झाँकीलगायत आकर्षक प्रस्तुति भने स्थगन गरिएको छ।

नेपालको संविधान २०७२, लामो सङ्घर्ष र नेपाली जनताको बलिदानीपूर्ण यात्रापछि २०७२ असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधानसभा भवन, नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट घोषणा गरेका थिए। दोस्रो संविधानसभाबाट पारित उक्त संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गरेको थियो।

यस अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। संविधान दिवसलाई ऐक्यबद्धता, उपलब्धिको सम्झना र लोकतान्त्रिक मूल्यको पुनःसङ्कल्पका रूपमा मनाउने परम्परा विगतका वर्षझैँ यसपटक पनि कायम राखिएको छ।


👉 संविधान दिवसलाई राष्ट्रिय एकता, लोकतन्त्र र स्थायित्वको आधारशिला मानिँदै आएको छ।


  • Jigyasanepal

थप