Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

स्थानीय तह उपनिर्वाचन: आज उम्मेदवारी मनोनयन दर्ता

  •   २ वर्ष अघि | २ मंसिर २०८१, आइतवार

काठमाडौं, मंसिर २ – यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सकिनेछ।

आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले मनोनयन दर्ताको तयारी पूरा भएको र आज साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिने जानकारी दिइन्।

मनोनयन दर्ता प्रक्रिया र समयसीमा

मंसिर ३:

बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता।

अपराह्न ३ बजेपछि उजुरीमाथि छानबिन।

साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन।

मंसिर ५:

बिहान ९ देखि अपराह्न १ बजेसम्म नाम फिर्ता दिने समय।

दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन।

दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान।

मंसिर १६:


बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान।


४४ पदमा उपनिर्वाचन

उपनिर्वाचनका लागि देशभर ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ।

निर्वाचन हुने ४४ रिक्त पदमा जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक, र वडाध्यक्ष ३४ पद समावेश छन्।


महिलाको प्रतिनिधित्वमा प्राथमिकता

निर्वाचन आयोगले २०७९ को स्थानीय तह निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित पदहरूमा महिलालाई प्राथमिकता दिँदै मनोनयनपत्र पेस गर्न दलहरूलाई निर्देशन दिएको छ।

आयोगले यस प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन पूर्ण तयारी गरिएको जनाएको छ।


  • Jigyasa media

थप