काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ। कलेजोसम्बन्धी समस्याका कारण उपचाररत ढुंगानाको आज दिउँसो २ बजे फ्रन्टलाइन अस्पतालमा निधन भएको हो।
उनका भान्जा सुरज भट्टराईले कुरा गर्दै निधनको पुष्टि गरेका छन्। कलेजोसम्बन्धी गम्भीर स्वास्थ्य समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।
पूर्वसभामुख ढुंगानाको निधनले नेपाली राजनीति र संसदीय अभ्यासमा योगदान पुर्याएका एक अनुभवी व्यक्तित्वलाई गुमाएको छ।
- Jigyasa media