Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

राष्ट्रपति पौडेलले बहिनीहरूबाट टीका ग्रहण

  •   २ वर्ष अघि | १८ कार्तिक २०८१, आइतवार

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले आज भाइटीकाको अवसरमा आफ्ना बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट विधिपूर्वक टीका ग्रहण गरेका छन्। बिहान ११:३७ बजेको शुभ साइतमा राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा पौडेलले बहिनीहरूको हातबाट टीका लगाए।

टीका लगाइँदा राष्ट्रपतिलाई ओखर, बदामसहितका परम्परागत सौगात प्रदान गरिएको थियो। टीका ग्रहणपछि राष्ट्रपति पौडेलले बहिनीहरूलाई आत्मीयतासाथ टीका लगाइदिएर दक्षिणा दिए। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११:३७ बजे निर्धारण गरेको थियो, यद्यपि दिनभर टीका लगाउन सकिने उल्लेख गरिएको छ।

यमपञ्चकको अन्तिम दिन दिदीबहिनी र दाजुभाइले एकअर्कालाई टीका लगाएर स्नेह साटासाट गर्ने परम्पराले दिदीबहिनी र दाजुभाइबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ।


  • RSS

थप