Breaking News
अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||    

सिंहदरबारमै विरोध प्रदर्शन: अध्यक्ष लिङ्देनसहित राप्रपाका शीर्ष नेताहरू रिहा

  •   २ वर्ष अघि | ७ बैशाख २०८२, आइतवार

काठमाडौं, वैशाख ७ – निषेधित क्षेत्र सिंहदरबारभित्रै विरोध प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेपछि केही घण्टामै रिहा गरिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौं का एसपी अपिलराज बोहोराका अनुसार पक्राउ परेका सबै नेताहरूलाई शान्तिपूर्ण संवादपछि रिहा गरिएको हो।

प्रदर्शनको मूल उद्देश्य चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका आफ्ना कार्यकर्ताहरूको रिहाइको माग थियो। सो मागलाई लिएर राप्रपाका शीर्ष नेताहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै पुगेका थिए। तर, कार्यालयको चौकटी नाघेर प्रतिवन्धित क्षेत्रभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रदर्शनमा अध्यक्ष लिङ्देन, उपाध्यक्ष एवं दलका उपनेता बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही, सांसदहरू दिक्पबहादुर सिंह र विना लामा सहभागी थिए।

प्रहरीले पटक–पटक निषेधित क्षेत्रको सूचना दिँदा पनि अटेर गरेपछि उनीहरूलाई प्रहरी हिरासतमा लिइएको थियो। यस घटनाले सिंहदरबारभित्रको राजनीतिक तनाव र राप्रपाको आक्रामक आन्दोलनको रणनीति थप चर्किएको संकेत देखिएको छ।

राप्रपाले आफ्ना कार्यकर्ताहरूको रिहाइ नभएसम्म संघर्ष अझै उग्र बनाउने चेतावनी दिँदै आएको छ। सिंहदरबारभित्रै गरिएको यो प्रदर्शनलाई राजनीतिक दबाब सिर्जना गर्न खोजिएको सन्देशमूलक कदमको रूपमा विश्लेषण गरिएको छ।

  • H

थप