Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

सिंहदरबारमै विरोध प्रदर्शन: अध्यक्ष लिङ्देनसहित राप्रपाका शीर्ष नेताहरू रिहा

  •   १ वर्ष अघि | ७ बैशाख २०८२, आइतवार

काठमाडौं, वैशाख ७ – निषेधित क्षेत्र सिंहदरबारभित्रै विरोध प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेपछि केही घण्टामै रिहा गरिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौं का एसपी अपिलराज बोहोराका अनुसार पक्राउ परेका सबै नेताहरूलाई शान्तिपूर्ण संवादपछि रिहा गरिएको हो।

प्रदर्शनको मूल उद्देश्य चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका आफ्ना कार्यकर्ताहरूको रिहाइको माग थियो। सो मागलाई लिएर राप्रपाका शीर्ष नेताहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै पुगेका थिए। तर, कार्यालयको चौकटी नाघेर प्रतिवन्धित क्षेत्रभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रदर्शनमा अध्यक्ष लिङ्देन, उपाध्यक्ष एवं दलका उपनेता बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही, सांसदहरू दिक्पबहादुर सिंह र विना लामा सहभागी थिए।

प्रहरीले पटक–पटक निषेधित क्षेत्रको सूचना दिँदा पनि अटेर गरेपछि उनीहरूलाई प्रहरी हिरासतमा लिइएको थियो। यस घटनाले सिंहदरबारभित्रको राजनीतिक तनाव र राप्रपाको आक्रामक आन्दोलनको रणनीति थप चर्किएको संकेत देखिएको छ।

राप्रपाले आफ्ना कार्यकर्ताहरूको रिहाइ नभएसम्म संघर्ष अझै उग्र बनाउने चेतावनी दिँदै आएको छ। सिंहदरबारभित्रै गरिएको यो प्रदर्शनलाई राजनीतिक दबाब सिर्जना गर्न खोजिएको सन्देशमूलक कदमको रूपमा विश्लेषण गरिएको छ।

  • H

थप