Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

आज लोकतन्त्र दिवस : के छ इतिहास गाथा?

  •   १ वर्ष अघि | ११ बैशाख २०८२, बिहिबार

बैशाख ११, २०८२ बिहीबार, काठमाडौं

आज नेपालले १९औँ लोकतन्त्र दिवस मनाइरहेको छ  । यो  एक सम्झना होइन, यो जनताको सत्तारूढ यात्राको पुनः उद्घोष हो।

देशभर प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै विविध कार्यक्रम आयोजना गरी मनाइने बताइन्छ। 

वि.सं. २०५९ जेठ ८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद विघटन गरी कार्यकारी सत्ता हातमा लिएपछि जनताले फेरि निरंकुश शासनको स्वाद चाख्न बाध्य भए।

यो सत्तालोलुपता विरुद्ध उठेको थियो जनताको आवाज — जसले वि.सं. २०६२–६३ मा १९ दिने जनआन्दोलनमार्फत देशलाई फेरि नयाँ दिशातर्फ डोर्यायो।

सात राजनीतिक दल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सहितको साझा संघर्षले राज्यलाई घुँडा टेकायो।

लोकतन्त्रको पुनःस्थापना

वि.सं. २०६३ वैशाख ११ — देशको इतिहासमा परिवर्तनको उकालो। त्यसै दिन पूर्वराजा ज्ञानेन्द्रले जनदबाबका अगाडि झुकी प्रतिनिधिसभा पुनःस्थापना गरे र आफू कार्यकारी प्रमुखबाट हटे। उहाँको घोषणामा भनिएको थियो:  "राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै प्रतिनिधिसभा पुनःस्थापित गरिएको छ।"

यस निर्णयपछि वैशाख १५ गते संसदको पहिलो बैठक बोलाइयो, जसले जनताको शासन पुनःलागू गर्‍यो। यो दिन निरंकुशतामाथिको जनताको विजय को घोषणा थियो।

लोकतन्त्र दिवसको महत्व

वि.सं. २०६५ सालदेखि वैशाख ११ लाई औपचारिक रूपमा लोकतन्त्र दिवसको रूपमा मनाउन थालियो।

यस दिन हामी सत्ताको चरम दोहन विरुद्ध जनताको साहस र बलिदानलाई सम्झन्छौं।

यो दिवस केवल अतीतको सम्झना होइन, आजको लोकतान्त्रिक अभ्यासको आत्मपरीक्षण हो।

२०७९ सालको निर्वाचनमा ४० वर्ष मुनिका मतदाताको बहुमत देखिएसँगै यसपटक नेकपा एमालेले लोकतन्त्र दिवसमा राजधानी काठमाडौंबाट ४० वर्ष मुनिका १ लाख कार्यकर्ता आज उतार्न लागेको बताइन्छ ।

कार्यक्रमले युवा चेतना र लोकतन्त्रको भविष्यप्रतिको प्रतिबद्धतालाई जनमानसमा स्थापित गराउने बताइन्छ । जनसङ्ख्याको संख्यात्मक प्रदर्शन होइन, साँस्कृतिक र वैचारिक हस्तक्षेप भएको पार्टीको बुझाइ छ ।

संविधानसभाबाट जारी वि.सं. २०७२ सालको संविधानले नेपाललाई संघीय गणतन्त्रमा रूपान्तरण गर्‍यो।

संघ, प्रदेश र स्थानीय तहको द्वैवार्षिक निर्वाचन पश्चात राज्य जनतासम्म पुग्ने यात्रामा छ।तर वास्तविक सवाल भनेको 

“के जनआन्दोलनका सपना पूरा भए?” राज्यका संरचनाहरू संघीय भए पनि मानसिकता, सेवा प्रवाह र समन्वयमा अझै कर्मकाण्डीपन र अव्यवस्था हावी छन्।

लोकतन्त्र आन्दोलनले राजा होइन, जनतालाई सर्वोच्च बनायो।

आजको दिन हामीले सोध्नैपर्छ  “के हामी लोकतन्त्रलाई केवल उत्सवमा सीमित राखिरहेका त छैनौं?”

लोकतन्त्र जिम्मेवारी पनि हो, अधिकार मात्र होइन। यसलाई जीवन्त राख्न आज पनि साहस, संवाद, समर्पण र चेतना आवश्यक छ।

लोकतन्त्र मरेको छैन ऊ प्रश्न बनेर बाँचिरहेको छ।

  • L

थप