Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

आज भारतको बिहारमा विधानसभा चुनाव

  •   १२ महिना अघि | २० कार्तिक २०८२, बिहिबार

कात्तिक २० ।

भारतीय राज्यमा बिहारमा आज (नोभेम्बर ६) विधानसभा चुनाव हुँदै छ। 

आज पहिलो चरणको मतदान हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पहिलो चरणमा १८ जिल्लाका १२१ विधानसभा सिटका लागि चुनाव हुनेछ। 

यस चरणमा राजधानी पटनामा पनि मतदान हुनेछ ।

यस चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय सिन्हा र राष्ट्रिय जनता दल (राजद) का नेता तेजस्वी यादवजस्ता प्रमुख व्यक्ति प्रतिस्पर्धामा छन्।

शान्तिपूर्ण मतदान सुनिश्चित गर्न निर्वाचन आयोगले कडा सुरक्षा व्यवस्था गरेको छ।

संवेदनशील मतदान केन्द्रहरूमा विशेष सतर्कता अपनाइएको छ।

दोस्रो चरणको मतदान नोभेम्बर ११ मा २० जिल्लाका १२२ विधानसभा निर्वाचन क्षेत्रमा हुनेछ। नतिजा नोभेम्बर १४ मा घोषणा गरिनेछ।

  • Jigyasanepal

थप