Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

जेन जेड आन्दोलनपछि एमाले नेता गोकुल बास्कोटाको चेतावनी: "दलविना गणतन्त्र बाँच्दैन, छिटो सुविचारित निर्णय गरेर पार्टी पुनर्गठन गरौँ"

  •   १२ महिना अघि | ३० भदौ २०८२, सोमवार

काठमाडौं, भदौ ३० । हालै जेन जेडले सुरु गरेको आन्दोलनले देशभर व्यापक प्रभाव पारिरहेको बेला एमाले नेता तथा सांसद गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएका छन्। आन्दोलनकारीको भीडले उनको समेत घरमा तोडफोड र आगजनी गरेपछि उनले अब ढिला नगरी सुविचारित निर्णय गरेर पार्टीलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

बास्कोटाले लेखेका छन्, “अरु क्षति रोक्न जे भो भो, हैन किन भो कसरी भो र अब के कसरी, कहिले गर्ने? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौँ। अप्रिय लाग्ला तर सत्य यही हो कि दलविना गणतन्त्र बाँच्दैन र गणतन्त्रविना समाज।”

उनले समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व परिवर्तनलाई अवश्यम्भावी बनाउने भन्दै सबैले त्यसका लागि तयार रहनुपर्ने सुझाव दिएका छन्।

बास्कोटाको भनाइले वर्तमान राजनीतिक परिस्थितिमा एमालेसहित सम्पूर्ण दललाई पुनर्विचार र नयाँ संरचना बनाउनुपर्ने दबाब थपिएको देखिन्छ।

  • Jigyasanepal

थप