Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

जेन जेड आन्दोलनपछि एमाले नेता गोकुल बास्कोटाको चेतावनी: "दलविना गणतन्त्र बाँच्दैन, छिटो सुविचारित निर्णय गरेर पार्टी पुनर्गठन गरौँ"

  •   १ वर्ष अघि | ३० भदौ २०८२, सोमवार

काठमाडौं, भदौ ३० । हालै जेन जेडले सुरु गरेको आन्दोलनले देशभर व्यापक प्रभाव पारिरहेको बेला एमाले नेता तथा सांसद गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाएका छन्। आन्दोलनकारीको भीडले उनको समेत घरमा तोडफोड र आगजनी गरेपछि उनले अब ढिला नगरी सुविचारित निर्णय गरेर पार्टीलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

बास्कोटाले लेखेका छन्, “अरु क्षति रोक्न जे भो भो, हैन किन भो कसरी भो र अब के कसरी, कहिले गर्ने? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौँ। अप्रिय लाग्ला तर सत्य यही हो कि दलविना गणतन्त्र बाँच्दैन र गणतन्त्रविना समाज।”

उनले समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व परिवर्तनलाई अवश्यम्भावी बनाउने भन्दै सबैले त्यसका लागि तयार रहनुपर्ने सुझाव दिएका छन्।

बास्कोटाको भनाइले वर्तमान राजनीतिक परिस्थितिमा एमालेसहित सम्पूर्ण दललाई पुनर्विचार र नयाँ संरचना बनाउनुपर्ने दबाब थपिएको देखिन्छ।

  • Jigyasanepal

थप