Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

प्रधानमन्त्री ओलीको राजीनामापछि राजनीतिक संकट : अब नागरिक सरकार कि संवैधानिक प्रक्रिया ?

  •   १ वर्ष अघि | २४ भदौ २०८२, मङ्लबार

२४ भदौ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएसँगै मुलुक नयाँ राजनीतिक अन्यौलतर्फ धकेलिएको छ । आन्दोलनकारीले ताजा जनादेशसहितको अन्तरिम नागरिक सरकार गठनको माग अघि सारिरहेका छन् भने संविधानविद्हरूले भने संसद र संवैधानिक प्रक्रियाबाटै निकास खोज्नुपर्ने सुझाव दिएका छन् ।

जेनजी आन्दोलनका प्रमुख अगुवाहरूले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको राजीनामा र ताजा जनादेशका लागि म्याडेटप्राप्त नागरिक सरकार गठन गर्नुपर्ने माग राखेका थिए । आन्दोलनकारी अभिजित अधिकारी, युजन राजभण्डारी, रक्षा बम, प्रदीप ज्ञवाली, मनिष खनाल, तनुजा पाण्डे र विनोद देउवाले जारी गरेको विज्ञप्तिमा ५ बुँदे मागमध्ये नागरिक सरकार गठन दोस्रो प्रमुख एजेन्डा रहेको उल्लेख छ ।

तर, संविधान अनुसार नयाँ प्रधानमन्त्री संसदकै बाटोबाट चयन हुनुपर्ने प्रावधान छ । संविधानविद् टिकाराम भट्टराईका अनुसार, “राजनीतिक समाधान संविधान र संसदको बाटोमै खोज्नुपर्छ । आन्दोलनकारीको भावनालाई सम्बोधन गर्ने तर संविधानको दायराभित्रै समाधान गर्नुपर्ने हुन्छ ।”

यद्यपि आन्दोलनकारी पक्षले नागरिक सरकार गठनका लागि आफ्ना नेता तय गर्ने, सर्वदलीय वा सर्वपक्षीय सहमति जुटाउने र त्यसपछि राष्ट्रपतिबाट नियुक्त गर्ने प्रक्रियाबारे अझै स्पष्टता दिन सकेका छैनन् ।

यसबीचमा मुलुकभर आन्दोलनले चर्को रूप लिँदै गएको छ । आन्दोलनकारीहरू ताजा जनादेशबिनै गठन हुने सरकारलाई अस्वीकार गर्ने चेतावनी दिइरहेका छन् । अर्कोतर्फ, सबैलाई स्वीकार्य हुने व्यक्तित्व अगाडि आएर वर्तमान अराजकता र अनिश्चिततालाई रोक्नुपर्ने आवाज पनि बढ्दो छ ।

अबको प्रश्न के हो भने — देश संवैधानिक प्रक्रियाबाटै निकास खोज्ने हो कि आन्दोलनकारीको दबाबअनुसार नयाँ प्रयोग स्वरूप नागरिक सरकारतर्फ जाने हो ? यही मोडमा नेपालको राजनीतिक भविष्य उभिएको छ ।

  • Jigyasanepal

थप