Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

कुलिङ पिरियड विवाद : रामहरि खतिवडाको पदत्याग, जिम्मेवारीको उदाहरण दिएर हाँसीहाँसी विदा

  •   १ वर्ष अघि | २७ साउन २०८२, मङ्लबार

काठमाडौं, साउन २७ – प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन्। संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको विवादको बीचमा उनले “जिम्मेवारी लिनुपर्छ” भन्दै सभामुखको रोहबरमा सभापतिको कुर्सी त्यागेका हुन्।

विधेयकमा विवादास्पद भाषा घुसाइएपछि आलोचना

संघीय निजामती सेवा विधेयकमा ‘२ वर्षे कुलिङ पिरियड’ सम्बन्धी प्रावधानलाई निष्प्रभावी बनाउने भाषा प्रतिवेदनमा समावेश भएपछि खतिवडामाथि व्यापक आलोचना भएको थियो।
यसको छानबिनका लागि बनेको संसदीय विशेष समितिले २७ दिनको अध्ययनपछि साउन २० गते खतिवडासहितलाई जिम्मेवार ठहर गरेको थियो।

सभामुखसँग भेटेर राजीनामाको घोषणा

आजको संसद् बैठक सुरु हुनु अघि खतिवडाले सभामुख देवराज घिमिरे र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग भेट गरी आफ्नो निर्णय सुनाएका थिए।
बैठकमा सम्बोधन गर्दै उनले भने–

“विधेयकमा मेरो हस्ताक्षर भएकै कारण जिम्मेवारी लिनुपर्छ भन्ने लाग्यो। पदलाई भन्दा प्रश्नलाई माथि राखेर आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु।”

‘त्रुटि मबाट होइन’

खतिवडाले विवादित भाषा घुसाउने कार्यमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको दाबी गरे।
उनले स्पष्ट पारे–

  • सुरुदेखि नै २ वर्षे कुलिङ पिरियडको पक्षमा रहेको
  • समितिबाट विधेयक पारित गरेर संसदमा पठाइएको
  • त्रुटि प्रतिवेदन लेख्ने क्रममा भएको देखिएको
  • उच्च श्रेणीका कर्मचारीको चलखेल भएको

“रामहरि खतिवडा दोषी भनेर किटान गरिएको छैन, तर किसुनजीबाट दीक्षित भएकाले पदभन्दा प्रश्नलाई ठूलो मानेँ,” उनले भने।

विवादको पृष्ठभूमि

कुलिङ पिरियड प्रावधानले निजामती सेवामा उच्च पदमा निरन्तर बस्न रोक लगाउँछ। तर, प्रतिवेदनको भाषा परिवर्तनले प्रावधान निष्प्रभावी हुने अवस्था सिर्जना भएपछि यसलाई नियोजित चलखेलका रूपमा आलोचना गरिएको थियो ।

  • Jigyasanepal

थप